२०७७ कात्तिक ४ गते मंगलबारको राशिफल

0
601

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला । नतिजा सच्याउन काम दोहो¥याउनुपर्ला । धैर्यधारण गर्नु पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पु¥याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

चुनौति पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवम लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

इष्र्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पुरुषार्थले समाजमा स्थापित बनाउनेछ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

परिस्थितिसँग सम्झौता गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here