२०७७ कात्तिक ५ गते बुधबारको राशिफल

0
884

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । नयाँ उद्योग वा विशेष काम शुरु गर्ने अवसर जुट्नेछ । तर, खर्चिलो काम आँट गर्दा बीचमा समस्या भने आउन सक्छन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

भौतिक साधनहरू जुटाउन केही समस्या पर्ने देखिन्छ । अर्थ अभावले पनि सताउन सक्छ । समस्या पर्दा आफन्त समेत टाढा हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला । नियमित काम भने सजिलै सम्पादन हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सहकार्य गर्दा गोपनीयतामा विशेष सावधान रहनुहोला । वर्गीय हकहितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

स्वास्थ्यमा मौसमी समस्याले सताए पनि काममा सफलता मिल्नेछ । अध्ययनमा समय दिन नसकिए पनि सीप र कलामा निखारता आउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

स्रोत–साधन प्राप्त हुनुका साथै लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । विशेष सहयोगी जुट्नाले सफलताको उचाइ प्राप्त गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

झुटा आरोप लाग्ने र वादविवादमा फसिने सम्भावना भने प्रबल देखिन्छ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

केही व्यावहारिक कठिनाइ देखिए पनि सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन् । प्रयत्न गर्दा अरूका हातमा गएको धन फिर्ता गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

शुभचिन्तकको प्रेरणाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ । नियमित कर्मसाधनाले जीवनस्तरमा सुधार ल्याउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पारिवारिक उल्झनबाट बाहिर निस्कने समय छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा देखिएको विवाद टुंग्याउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

टाढिएका आफन्तलाई परिस्थितिले नजिक्याउनेछ । विश्वास नगरेका व्यक्तिहरू सहयोगी बन्नेछन् । अलग्गिएका साझेदार पुनः सम्झौतामा जोडिने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here