२०७७ कात्तिक १७ गते सोमबारको राशिफल

0
755

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

विभिन्न अवसर प्राप्त भए पनि नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ठ व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

चिन्तन, अध्ययन र लेखनतर्फ रुची जाग्नेछ । लगनशीलताले कर्मसिद्धि हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सानो प्रयत्नले किर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

परिबन्धले चुनौति निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ । उपलब्धिको स्रोत
भने पहिल्याउन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला व्यहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । बचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । हडबडीले घर–व्यवहारमा समस्या निम्त्याउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । लामो यात्राको प्रक्रिया
अघि बढ्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here