२०७७ कात्तिक १९ गते बुधबारको राशिफल

0
813

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । हल्लाको पछि लाग्दा दुःख पाइनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

साँझदेखि स्थितिमा सुधार आउनेछ भने रोकिएको काम सम्पादन गर्न सकिनेछ । रात्रिको समयमा रमझम बढेर जाला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । समयको माग अनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर, महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

उद्योग र व्यापारमा मनग्गे लाभ हुनेछ । मेहनतले जीवनशैलीमा सुधार ल्याउनेछ । नयाँ सम्झैता गराउने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने अवसर जुट्नेछ । साँझतिर आस लागेको काम बिग्रनाले सोचेको उपलब्धि प्राप्त नहुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ । अध्ययनमा त्यति समय दिन नसकिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

स्थायी सम्पत्तिमा केही वादविवाद आउन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि चिताएको काम सम्पादन गर्न केही समय प्रतिक्षा गर्नुपर्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here