नेपालमा गृहयुद्ध हुन्छ– महर्षि दत्तराजन

२ माघ २०७०, बिहीबार मा प्रकाशित

बिर्तामोड,माघ २ । विश्व शताव्दी शिरोमणी राज ज्योतिष महोपाध्याय महर्षि दत्तराजनले नेपाली कांग्रेसका सभापति शुशील कोइरालको नेतृत्वमा सरकार वन्ने र एक वर्ष भित्र संविधान जारी हुने भविष्यवाणी गरेका छन् ।
नेपाल भ्रमणको क्रममा झापा आइपुगेका उनले आज  विर्तामोड स्थित श्याम मिष्ठान्न भण्डारमा पत्रकारसंग कुराकानी गर्दै ४५ दिन भित्रमा कोइरालाको नेतृत्वमा सरकार वनिसक्ने र वनेको सरकारले संविधान जारी गरेपनि त्यो सर्वसान्य नहुने दावी गरे ।  ३० वर्ष अघिदेखि वेला वेलामा नेपाल आउने गरेका उनले राजतन्त्र अन्त्यको भविश्यवाणी गरेको स्मरण गर्दै नेपालमा फेरी पनि गृहयुद्ध हुने वताए । गृहयुद्धको नेतृत्व पुनः माओवादीले गर्ने बताउदै उनले भने –‘एसियामा फुटको राजनीति चल्दैछ त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्छ ।’नेपालमा नेवारी तन्त्र चल्ने तर्फ इङ्गित गर्दै अव आदिवासी तन्त्र सक्रिय हुने महर्षि दत्तराजनको भनाई छ । प्रजातन्त्रको सहारा वीना सर्वमान्य संविधान नवन्ने वताउदै गृह युद्ध पछि नयाँ राजनीति समिकरण हुने समेत उनले भविष्यवाणी गरे । केही समयमै नेपाली कांग्रेस पार्टी फुट्ने भविष्यवाणी गर्दै उनले भने–‘कोइराला र शेरवहादुर देउवावीचमा फुट हुन्छ ।’
विश्वमा एकसय १० प्रकारको ज्योतिष शास्त्र मान्ने गरिएको र २७ नक्षत्र रहेपनि नेपालमा प्राचीन अभिजित नक्षत्रका आधारमा ज्योतिष हेरिने गरेको उनको  भनाई छ । चन्द्रमाका कारण नेपालमा पश्चिमी संस्कृतिको प्रभाव परेको र त्यसवाट महिला वढी पीडित वन्ने गरेको उनले वताए । एक फरक प्रसङ्गमा अमेरिकामा अवको तीस वर्षपछि भारतीय  मूलको नागरिक राष्ट्रपतिlogo-of-purwanchal वन्ने समेत उनको भविष्यवाणी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here