तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
झापा बिर्तामोड –५ मा रहेको फ्रेण्डस् एण्ड ग्रुप डान्स सेन्टरले बृद्धबृद्धालाई सहयोग गरेको छ ।
उक्त सेन्टरले बिर्तामोड –४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई एक छाक खाना खुवाउनुका साथै दैनिक उपभोग्य सामग्री समेत प्रदान गरेको थियो ।
फ्रेण्डस् एण्ड ग्रुप डान्स सेन्टरका सञ्चालक सरोज धिमालको नेतृत्वमा गएको नृत्य कलाकारहरुको टोलीले बृद्धबृद्धालाई दैनिक उपभोग्य सामग्री प्रदान गरेको थियो ।
गत २०७६ साल जेठ १ गते स्थापना भएको फ्रेण्डस् एण्ड ग्रुप डान्स सेन्टरले सामाजिक उत्तरदायित्व अन्तर्गत बृद्धबृद्धालाई सहयोग गरेको सञ्चालक धिमालले बताए ।
गत वर्ष तिहारमा देउसी खेलेर बचत भएको रकमले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गरेको बताउँदै सञ्चालक धिमालले यस वर्ष कोरोनाका कारण देउसी खेल्न नपाएपनि बृद्धबृद्धालाई भने सहयोग गरेकोे बताए ।