हेयरइस्टाइलिष्ट नीलडेविडले मनाए छठ

0
836

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

नेपालका चर्चित हेयरइस्टाइलिष्ट नीलडेविड कटुवालले सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व मनाएका छन् ।

 

उनले श्रीमती सुस्मा कार्की कटुवालका साथ उनले  भैंसेपाटीस्थित कार्यविनायक कोलानीमा रहेको निवासमा कृतिम छठ घाट निर्माण गरी उक्त घाटमा छठ पर्व मनाएका हुन् । शनिबार बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएर छठ पर्वको समापन गरेको उनले वताए ।

 

 

विगतका वर्षहरुमा श्रमिती सुस्मा कार्की कटुवालले ब्रत बसेर छठ पूजा गरेपनि यसपटक परिवार सुख , निरोगिता, सुख, समृद्धि , व्यवसायको उन्नती र समाजको हितका लागि पहिलो पटक आफूले छठको ब्रत बसेको उनले वताए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले यस वर्ष घरआँगनमा कृतिम छठ घाट निर्माण गरी पूजाआजा गरी छठ पर्व मनाउन आग्रह गरेका कारण आफूहरुले घरमै कृतिम छठ घाट निर्माण गरी छठको पूजा गरेको उनले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here