साना मझौला साकोसको दशौं वार्षिक साधारणसभा

0
971

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

बिर्तामोड–१ मा रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

 

संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत थरेकी थिइन् । संस्थाको शेयर सदस्य दुई हजार आठ सय १५ जना, शेयर पुँजी चार करोड ७३ लाख ४४ हजार आठ सय रुपैयाँ, निक्षेप संकलन ११ करोड ५६ लाख ९६ हजार पाँच सय ८९ रुपैयाँ, कर्जा लगानी १७ करोड आठ लाख एक हजार पाँच सय ७३ रुपैयाँ, नगद तथा बैंक मौज्दात एक करोड ५३ लाख ७९ हजार आठ सय १५ रुपैयाँ ७६ पैसा, कोषमा एक करोड २३ लाख आठ हजार तीन सय ३४ रुपैयाँ १३ पैसा, कारोबार ६५ करोड ९० लाख ६१ हजार तीन सय सात रुपैयाँ ६७ पैसा रहेको र संस्थाले बिनपाभित्र ८.२५ धुर जग्गा ५४ लाख तीन सय ७५ रुपैयाँमा खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संस्थाले पीसीआर ल्याव स्थापना गर्न एकका लागि एक अभियानलाई ३१ हजार रुपैयाँ कोरोना भाइरस रोकथामका लागि बिर्तामोड नगरपालिकालाई ५१ हजार रुपैयाँ पूर्वाञ्चल गोल्डकपलाई पाँच हजार एक सय सहयोगको गर्नुका साथै पथरीया मावि र आधारभूत प्राविका एक सय तीन जना विद्यार्थीलाई न्यानो कपडा, पाठामारी र खुदुनाबारीमा निःशुल्क आँखा शिविर, सहकारी शिक्षा अभिमुखीकरण तालिम, ज्येष्ठ सदस्य सम्मान, बचतकर्ता तथा ऋणि सम्मान, महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले संस्थाले संकटमा साना मझौला, सृष्टि सम्मान कार्यक्रम, हाम्रो सन्तती हाम्रो उद्देश्य, ज्येष्ठ सदस्य–हाम्रो गौरव, विद्यार्थी राष्ट्रका कर्णधार, हाम्रा सन्तती हाम्रो भविष्य, मानवीय सेवा–हाम्रो धर्म, जटिल तथा घातक रोगमा हाम्रो सहयोग, विपद्को साथी साना मझौला, उज्यालो संसारमा हामी, असल कार्य ः आफ्नै पहिचान, हाम्रो परिवार–शिक्षित परिवार, धर्मकर्ममा हाम्रो मन, आन्तरिक पर्यटनको बढावा हाम्रो लक्ष्य, हाम्रो संस्कार हाम्रो संस्कृति, जोखिममा हाम्रो चिन्ता लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिँदै सदस्यहरुको सुख–दुःखमा साथ दिने बताएका थिए ।

त्यस्तै सदस्यलाई एसएमएस सेवा, बजार प्रतिनिधिलाई ट्याव, सदस्यलाई तालिम, निःशुल्क आँखा शिविर, न्यानो कपडा वितरण, रक्तदान लगायतका कार्यक्रम समेत गरिने उनले बताए ।

कार्यक्रममा लेखा समितिका संयोजक श्याम (दिपेन्द्र) निरौला, कोषाध्यक्ष देवीप्रसाद अधिकारी, ऋण उपसमितिका संयोजक प्रेमबहादुर कार्की लगायतले प्रतिवेदन पेस गरेको र सदस्यहरुले रायसुझावसहित अनुमोदन गरेका थिए ।
कार्यक्रममा संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले कोरोना कहरकाबीच पनि संस्थाले सोचे जस्तो उपलब्धि हासिल गर्न नसकेको बताइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहाल, संस्थाका उपाध्यक्ष रामलोचन न्यौपाने, कोषाध्यक्ष देवीप्रसाद अधिकारी, सदस्य अनिता मैनाली संग्रौला, लेखा समिति सदस्य चन्द्रबहादुर बस्नेत, कनकाई सदस्य सेवाकेन्द्रका संयोजक राजेन्द्र उप्रेती, सदस्य ऋषि राई लगायतको सहभागिता रहेको थियो ।

कोभिड–१९ को कहरमा सहकारी रजिष्टारको कार्यालयले जारी गरेको निर्देशन अनुसार गत कात्तिक २१ गतेदेखि २८ गतेसम्म साधारण सभा गरिएको जसमा संस्थाका एक हजार सात सय ८८ जना सदस्यले रायसुझावसहित प्रतिवेदन संस्थामा बुझाएको बताइएको छ ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here