बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि

0
541

बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा तीन दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट शनिबार पोजेटिभ आएको हो ।

प्रमुख शिवाकोटीकी श्रीमतीलाई कोरोना पुष्टि भएसँगै परिवारको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, घरमा काम गर्ने एक सहयोगीलाई कोरोना पुष्टि भएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको छ ।

बिर्तामोड नगरपालिकामा शनिबार प्रमुख शिवाकोटी सहित ८ महिला र ५ पुरुष गरी १३ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय बिर्तामोडका कोरोनाको संक्रमण बढ्दै गएको छ ।

कोरोनाको संक्रमण बढेपनि मास्क नलगाउने, भौतिक दुरी कायम समेत पालना गरेको पाईदैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here