एक दानवीर नेताको निधनले झापालाई पु¥याएको अपुरणीय क्षति

0
769

सूर्य नेपाल ।

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।

सिंगो झापा जिल्लालाई २०७७ को असोज २३ गते नवग्रहमा शनिको दशाले आक्रान्त बनाएको अनुभूति हुन्छ । त्यो दिन झापा जिल्लाकै दानवीर नेता आदरणीय रामबाबु प्रसाई (खनुपरुदे प्रकाह)को निधनले । स्वभवतः मानव मृत्युको यात्रामा हुन्छ । संसारका प्राणी वनस्पति भनेकै क्षणभंगुर हुन् । समाजका लागि आफ्नो पुँजीको दशांस रकम दिने र राजनीति चेतनाको जग राख्ने दुबै काम स्वर्गबासी रामबाबु प्रसाई (खनुपरुदे)बाट भएको हो भन्न कञ्जुस्याइँ गरे कृतघ्न होइन्छ ।

अब लागौं उहाँको संक्षिप्त जीवनीको अन्तरंगबाट–

स्वर्गबासी नेता तथा दानवीर रामबाबु प्रसाईं लप्टन देवीप्रसाद प्रसाईका ज्येष्ठ सुपुत्र हुनुहुन्छ । उहाँको जन्म आठराई हाङपाङमा भयो । र, उहाँका पिताले राणाकालीन अवस्थामा लप्टनको जागीर प्राप्त गरेपछि उहाँलाई जागीरे बिर्ता भनेर राणाहरुले सर्लाहीमा बिर्ता दिएका थिए । समयकाल परिस्थिति अनुसार उहाँले रानीबिर्ता समिप जागीर बिर्ता थप प्राप्त गर्नुभयो र हालको बिर्तामोड त्यसैलाई भनिन्छ । त्यसो त प्रसाई परिवारले झापाको कैदले बिर्ता किन्न सफल भए भने पछि धाइजन, किसनभिट्टा, विराटपोखर, खोपबाडी, चुथाई जस्ता मौजाहरु खरिदन सफल भए र दाजुभाइ नरनातालाई स्थापित गरेको सत्य र तितो यथार्थ छ । आठराईको हाङपाङपछि इलामको सिंगफ्रिङ, झापाको शान्तिनगर हुँदै भद्रपुरपछि बिर्तामोडमा स्वर्गबासी रामबाबु प्रसाई (खनुपरुदे प्रकाहले) बसोबास गर्नुभयो र जीवनको उत्तराद्र्ध विगत १५, २० वर्षदेखि काठमाडौं कपनमा बसोबास गर्नुभएको थियो ।

अतीतलाई स्मरण गर्दा रामबाबु प्रसाई अनौठो र छुट्टै पहिचान दिने व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले आफ्नो निवासलाई देथीवासा, भानेवासा, नाम दिएर अलग्गै पहिचान दिनुभयो भने छोराछोरीको नाम पनि त्यसरी नै दिनुभयो । जो पूर्वीय दर्शनमा भने देउताको नामले आफ्नो सन्तानलाई बोलाउने प्रचलन छ । उहाँका सुपुत्रहरु क्रमशः टोरुपनिख प्रसीको, डुजुपनिख प्रसीको गिसुपनिख प्रसीको छोरीको नाम खेचमनिख प्रसीको जस्तो समाजमा पृथक पहिचान हुने नाम दिनुहुन्थ्यो । उहाँको नामको प्रत्येक अक्षरको आफ्ना पुर्खा एवम् स्थानको नामको पहिचान दिने गर्दछ । आफ्ना कपडा स्वयम्ले सिलाएर लगाउने स्व. रामबाबुको कोठामा लाइब्रेरी जतिकै पुस्तकहरु राखिन्थे । उहाँ अध्ययनशील अनि लगनशील र अनुशासित हुनुहुन्थ्यो ।

किन नेता ?

स्वर्गबासी राजा महेन्द्रले क्रान्तिकारी भूमि सुधार नीति लगाउँदा उहाँको केही जग्गा र उहाँका भाइ छत्रमान केसरी प्रसाई (सी.के.) को सर्वस्वहरण गरिएको थियो । जननायक वीपीले २०३५ सालको कांग्रेसले लिएको मेलमिलापको नीतिपछि स्वदेश फर्किनुभयो र पश्चिम बंगालको सिलीगुढीबाट स्वदेश फर्किनुभयो । कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई, वीपी कोइराला, गणेशमान सिंहसँग निकटतम् सम्बन्ध रहेका नेता रामबाबु सुवर्ण शम्शेरको प्रेरक हुनुहुन्थ्यो । उहाँको देथिवासा पञ्चायतकालभरि कांग्रेसको घर भनेर जानिन्थ्यो । वीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजा पूर्व आउँदा बस्ने घर रामबाबुकै देथिवासा थियो । कांग्रेसको मिटिङ, भेला गर्नुपरेमा रामबाबु प्रसाईकै घरमा हुने गर्दथ्यो ।

२०४६ सालको कांग्रेसले आह्वान गरेको अन्तिम जनआन्दोलनमा झापाका माले समूहलाई आन्दोलनमा सहभागी गराउने ऐतिहासिक कार्य पनि रामबाबु प्रसाईकै निवासबाट भएको थियो । र, ०४६ सालको राजनीति परिवर्तनको श्रीगणेश रामबाबु प्रसाईकै देथिवासाबाट प्रारम्भ भएको थियो । प्रत्येक वर्ष कांग्रेसले वृक्षारोपण गर्ने कार्यक्रम उहाँकै निवासबाट हुन्थ्यो । नेपाली कांग्रेस झापाको सभापति र उत्तराद्र्धमा नेपाली कांग्रेस केन्द्रीय कोषाध्यक्ष बनेर पनि पार्टीको दिशा सही नभएको भनेर ०४६ को विधान स्थापना गर्ने अभियानमा पुरानो शक्ति नेपालका अध्यक्ष भएर रहनुभएको थियो ।
कांग्रेसले २०४८ मा क्षेत्र नं. ५ बाट उम्मेद्वारी दियो । जनपक्षीयको नारा दिने सीपी मैनालीको प्रतिद्वन्द्वी भएर पनि झिनो मतले उहाँ पराजीत बन्नुभयो । सादगी जीवन, समाजवादी चिन्तनले ओतप्रोत रामबाबु नेतृत्वमा हुने इमान्दारिताको पात्र हुनुहुन्थ्यो । उहाँ राज्यकोषको रकम दुरुपयोग गर्न मान्नुहुन्नथ्यो भने पार्टीको रकम हिनामिना गर्न रोक्नुहुन्थ्यो । उहाँको इमान्दारितालाई देखेर पार्टी सभापति, कृष्णप्रसाद भट्टराईले केन्द्रिय कोषाध्यक्ष चयन गरेपछि उहाँको बसोबास काठमाडौंमा हुन गयो ।

किन दानवीर ?

यो जीवन मृत्युको यात्रामा हुन्छ । अतः चेतनशील प्राणी भएर कम्तिमा दशांस समाजमा प्रयोगको लागि हस्तान्तरण गर्नुपर्दछ उहाँको मान्यता थियो । झापा जिल्लाको बिर्तामोड कृषिथोक बजार रहेको जग्गा ४–३–० (चार विगाह तीन कठ्ठा) सरकारले अतिक्रमण ग¥यो । र, कम्ती रकम लिन उहाँले मान्नुभएन । त्यसैगरी बिर्तामोडका गरीब किसानहरुले हाटबजार गरुन् भनेर एक बिगाह तीन कठ्ठा जग्गा देवीहाट नाम दिएर अनारमनी गाउँ पञ्चायतलाई हस्तान्तरण गर्नुभयो । त्यसैगरी स्वर्गबासी पिताकै नाउमा एक बिगाह तीन कठ्ठा जग्गा देवी उच्च मावि हालको लाई दिनुभयो । समयको गति अनुसार बजार बिस्तार हुँदै गएको हुँदा बिर्तामोड खानेपानीलाई ज.वि.ह्५ह् र नेपाली कांग्रेस जिल्ला कार्यालय भवन बसेको एक कठ्ठा जग्गा हस्तान्तरण गर्नुभयो । यसको साथसाथै स्व. रामबाबु प्रसाईले स्वदेशी विदेशी प्रतिभालाई प्रोत्साहन गर्न पुरस्कार स्वरुप विभिन्न नामबाट रु. तीन करोड अक्षयकोषमा जम्मा गर्नुभएको छ । र, प्रतिभाशाली विदेशी समेतले रामबाबु प्रसाईले स्थापित गरेको अक्षयकोषबाट पुरस्कृत हुने गर्दछन् । अक्षयकोषको रकम नई प्रकाशन काठमाडौंले प्रत्येक वर्ष पुरस्कार दिने गर्दछ ।

स्वर्गबासी रामबाबु प्रसाईको जीवनी र उहाँका कार्यबारे ब्याख्या गर्न ठूलै फेहरिस्त चाहिन्छ । समग्रमा बिर्तामोड बजार बिस्तार गर्ने÷गराउने र जग्गा दान दिन झापामा प्रथम दानवीरको संज्ञा दिँदा अन्युक्ति हुँदैन । उहाँले दान दिएको जग्गाको आजको मूल्यांकन अर्बौं पर्न जान्छ । यस्ता झापाकै नक्षत्रको ९९ वर्षको उमेरमा निधन भएको हुँदा उहाँले दिएको योगदानको युवापिढीलाई जानकारी नदिनु कृतघ्न हुइने ठम्याई लेखकको छ । उहाँको निधनले झापामा होनाहार दानवीर इमान्दार नेतृत्व गुमाएको प्रतित हुन्छ । स्वर्गबासी रामबाबु प्रसाई (खनुपरुदे)को आत्माले वैकुण्ठबास गरोस् । समाज अनि राष्ट्रप्रतिको उहाँको योगदानलाई स्मरण गर्दै युवापीढिले उहाँको कार्यशैलीलाई मनन् गरुन् । रामबाबु प्रसाईप्रति भावपूर्ण श्रद्धा अर्पण गर्ने अठोट लेखकको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here