मोटरसाइकलको ठक्करबाट शिवसताक्षीमा पैदलयात्रीको मृत्यु

0
517

दमक,

मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुका अनुसार को २ प ६९७० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका विष्टको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा विष्टसँगै रहेका स्थानीय ईश्वरी तिम्सिना पनि घाइते हुनुभएको र उहाँको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट आएको ट्रकको लाइट जुधेर मोटरसाइकल चालकले पैदलयात्री नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here