नेवाः मिसा पुचःको नेतृत्व चयन

0
811

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

नेवाः मिसा पुचःको अध्यक्षमा निलम प्रधान चयन भएकी छिन् ।

नेवाः पासा मुना पुचःको भातृ संस्थाको रुपमा रहेको नेवाः मिसा पुचःको बिर्तामोडमा भएको प्रथम भेलाले प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष मिलु राजभण्डारी, सचिव दिपा श्रेष्ठ, सहसचिव उमा श्रेष्ठ, कोषाध्यक्ष शारदा मास्के रहेका छन् ।

 

त्यस्तै सदस्यहरुमा पुजन श्रेष्ठ, अञ्जु प्रधान उदाश, अम्विका श्रेष्ठ, सृजना श्रेष्ठ मानन्धर, रोमी वैध, उज्जा श्रेष्ठ रहेका छन् । आकाश श्रेष्ठ, रेगन शाक्य, माधुरी श्रेष्ठ रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यक्रममा नेवाः पासा मुना पुचःका पूर्व अध्यक्ष प्रमेश हलवाईले नेवाः मिसा पुचःका निर्वाचित पदाधिकारीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

नेवाः पासा मुना पुचःका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा देबी माबि बिर्तामोडकी प्रध्यानाध्यापक अम्विका श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसचिव मिलन शाक्यले स्वागत गरेका थिए ।

कार्यक्रम संयोजक तथा सहकोषाध्यक्ष तारा श्रेष्ठले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा निवर्तमान अध्यक्ष ईश्वरा श्रेष्ठले शुभकामना दिएकी थिइन् ।

छत्रकुमारी शाक्यलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here