झापा ।

हल्दिवारी गाउँपालिकामा अस्पताल निर्माणको विषयलाई लिएर उच्च अदालत इलाममा परेको मुद्दा खारेज भएको छ ।
नेपाल सरकारको केन्द्रीय योजना अनुसार हल्दिवारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको थियो । १८ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको अस्पताल वडा नम्वर १ मा बनाउने भन्दै यस अघि शिलान्यास गरिएको थियो ।
गाउँपालिकामा बन्न लागेको अस्पताल पायक पर्ने ठाउँमा नबन्ने भन्दै चौतर्फी आलोचना भएपछि गाउँ कार्यपालिका बैठकले स्थान परिवर्तन गर्दै वडा नम्बर १ कै ३ किलोमिटर पूर्व बनाउने निर्णयविरुद्ध उच्च अदालत इलाममा परेको मुद्दामा अन्तरिम आदेशलाई लागू नगर्न साथै गाउँपालिकाको निर्णयलाई सदर गर्न उच्च अदालतले इलामले निर्णय गरेको छ ।
हल्दिवारी–१का राप्रपाका जिल्ला स्तरीय नेता दिलकेशर थापाको नामबाट दायर गरिएको मुद्दा गाउँपालिकाविरुद्ध उच्च अदालत पुगेको थियो । निवेदक दिलकेशर थापाले गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष, सबै वडाध्यक्षहरु दुई कार्यपालिका महिला सदस्यहरु तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतबिरुद्ध मुद्दा दायर गरेका थिए ।































