एक न एक दिन

0
565

एक न एक दिन यो देशले असल छोरो पाउने छ
सबैको छातीभित्र देशको मुटु बस्ने छ
देशको असल छोरोले राम्रो काम गर्नेछ,
सबै नागरिकलाई एउटै जगमा राखी ।
नयाँ चौतारी बनाउने छ ।
एक न एक दिन यो देशले असल छोरो पाउने छ
राजनितिका हाँगाहरु मिलाउने छ
गरीब र किसानलाई रोजगार दिनेछ ।
एक न एक दिन यो देशले असल छोरो पाउने छ
पूर्व झापादेखि पश्चिम् दार्चुलासम्म
असल विद्यार्थी बनाउने छ
बिद्ययालय र बाटाहरु सिस्टमसहित बनाउने छ ।
एक न एक दिन यो देशले असल छोरो पाउने छ
मुस्ताङको स्याऊ घर–घरमा पु¥याउने छ
मिठो सुवादमा नेपाली रमाउने छन् ।
एक न एक दिन यो देशले असल छोरो पाउने छ ।

– प्रतिक खनाल
बिर्तामोड–२, चारपाने, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here