सुरुङ्गाका व्यापारीलाई क्युआर कोड हस्तान्तरण

0
601

सुरुङ्गा ।

माछापुच्छ्रे बैंक लिमिटेडद्वारा आयोजित एक कार्यक्रमका वीच सुरुङ्गा क्षेत्रका व्यापारीलाई क्युआर कोड हस्तान्तरण गरिएको छ ।

क्युआर कोडको प्रयोगबाट नगदरहीत कारोवार गर्न सकिने र समयको बचत हुने बताइएको छ । क्युआर कोड अर्थात क्विक रेस्पोन्स कोडले पैसा बोक्नुपर्ने, पैसा हराउने, कोरोना संक्रमणबाट असुरक्षित रहने आदि समस्याबाट मुक्त हुने कार्यक्रमका वक्ताहरुले जानकारी दिए ।

व्यापारिक क्षेत्रमा डिजिटल प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुरुङ्गा क्षेत्रका सय बढी सैलुन, तरकारी, फलफुल पसलदेखि साना ठूला सबै प्रकारका व्यापारीहरुलाई सामुहिक रूपमा क्युआर कोड प्रदान गरिएको हो ।
व्यापारीहरुलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर बमबहादुर मिश्र, माछापुच्छ्रे बैँकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतले सय बढी व्यापारीलाई क्युआर कोड प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले प्रविधियुक्त र नगदरहित कारोवारको क्षेत्रका रुपमा कनकाई नगरक्षेत्रलाई विकसित गर्न बैक तथा वित्तीय संस्था र नगरपालिकासमेतको सहकार्यमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर मिश्रले डिजिटल भुक्तानीले विभिन्न रोगबाट बच्ने र नोट छाप्नका लागि राज्यबाट वर्षेनी करोडौ रुपैँया बचत हुने बताउँदै डिजिटल भुक्तानीबाट राज्यलाई व्ययभार समेत घट्ने बताए ।

कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रूद्रप्रसाद चिमरिया, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन बोहोरा लगायतको आतिथ्य रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन माछापुच्छ्रे बैक लिमिटेडका वरिष्ठ अधिकृत डिल्लीराम गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here