खुदुनाबारी–अर्जुनधारा खानेपानीको १६औं सभा सम्पन्न

0
804

अर्जुनधारा, झापाको अर्जुनधारा–१स्थित खुदुनाबारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १६औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष वीरबहादुर राईको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष मदनकुमार दनुवारले व्यक्त गरेका थिए ।
त्यसैगरी सभामा अध्यक्ष राईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक चिरञ्जिवी शिवाकोटीले दुई आर्थिक वर्षको आ.ले.प. र म.ले.प. प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाले अघिल्लो आर्थिक वर्ष ०७६÷०७७मा २५ लाख ७७ हजार छ सय ९१ रुपैयाँ ९० पैसा र गत आर्थिक वर्ष ०७७÷०७८मा ३९ लाख ५१ हजार सात सय १५ रुपैयाँ ९० पैसा बराबरको आर्थिक कारोबार गरेको उल्लेख गरिएको छ ।
सभामा नगर बोर्ड सदस्यद्वय गजाधर खतिवडा र नवराम ढुंगाना, नेकपा एमाले वडा कमिटीका अध्यक्ष खड्ग गोले, नेकपा माओवादी केन्द्र वडा कमिटीका अध्यक्ष वीजेन्द्रकुमार एक्तेन, नेपाली काँग्रेसका प्रतिनिधि अमर कटुवाल, शंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडा, समितिका सल्लाहकार रामबहादुर निरौला, सामाजिक व्यक्तित्व सरस्वती सिटौला गोलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त सभाको सञ्चालन सचिव उपेन्द्र बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here