निशा एड्भान्समा निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँच गरिँदै

0
729

झापा, झापाको बिर्तामोडमा अत्याधुनिक उपकरण सहित सञ्चालनमा आएको निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकले निःशन्तान दम्पत्तिहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
प्रजनन् सम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच पु¥याउन पुस १० गते शनिवार शिविरको आयोजना गरेको हो । शिविरमा वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीले सेवाग्राहीको स्वास्थ्य जाँच गर्दै प्रजनन् अवस्था सम्बन्धी जानकारी दिने र सम्भाबित उपचार विधिबारे जानकारी गराउने बताइएको छ । निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँच पछि आईभीएफ नै गर्नुपर्ने भएमा समेत सेवा प्रदान गरिने बताइएको छ ।

डा भारती प्रजनन् विज्ञ भएकाले निःशन्तान दम्पत्तिलाई झापाबाटै सेवा लिन निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिककी सञ्चालक निशा गुप्ताले आग्रह गरेकी छिन् ।

वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारती

निःसन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै झापा सहित देशका विभिन्न शहर पोखरा, नेपालगंज र जनकपुरमा समेत शिविरको आयोजना गरिएको बताइएको छ ।
प्रजनन् उपचार विधिमा वात्सल्य नेचुरल आईभीएफले यस अघि आयोजना गरेका शिविरबाट आईभीएफ सफलता दर सत्तरी प्रतिशतसम्म हासिल गर्न सफल भएको वात्सल्य नेचुरलको तथ्याङ्कमा उल्लेख छ ।

के हो आइभीएफ ?

प्रजनन् विज्ञ डा भारतीका अनुसार यौन सम्पर्कका बेला पुरुषको शुक्रकिट महिलाको डिम्बसंग निषेचित हुन्छ र गर्भशयमा गएर स्थापित हुँदा गर्भ बस्छ । यसरी प्राकृतिक रुपमा गर्भधारण हुन नसक्ने अबस्थामा कृतिम विधि अपनाइन्छ । जस अन्तरगत महिलाहरुबाट निकालिएको डिम्ब र पुरुषबाट निकालिएको शुक्रकिटलाई बाह्यरुपमा निषेचित गराइन्छ । यस निषेचितको कृतिम प्रक्रियालाई नै आइभीएफ वा टेस्ट ट्य्व वेवी भनिन्छ ।

कसरी गरिन्छ आइभीएफ ?

आइभीएफ शल्यक्रिया बिना नै उपचार गर्न सकिने बताइएको छ । प्रजनन् विज्ञ डा भारतीका अनुसार महिलाहरुको महिनावारीको चक्रसंगै यो विधिको शुरुवात हुन्छ । महिलाको डिम्वको उत्पादन सामान्यभन्दा बढी गराउनु र पुरुषको शुक्राणुलाई प्रभावकारी बनाउन औषधि सेवान गराइन्छ ।

विशेष विधिबाट महिलाबाट डिम्ब र पुरुषबाट शुक्रकिट संकलन गर्ने र पेट्रीडीसको मद्दतले डिम्बहरुलाई शुक्रकिटसंग निषेचित गराइने बताएको छ । निषेचित भ्रुणलाई त्यसपछि इन्क्युवेटरमा राखेर परिपक्क बनाइने गरिन्छ । यसरी परिपक्क भएको भ्रुणलाई पुनः महिलाको गर्भाशयमा स्तान्तरण गर्दै आइभीएफ गरिने बताइएको छ ।

बच्चा नहुने कारण ?

महिलामा पाठेघरमा स.क्रमण हुनु, यौनजन्य रोग हुनु र थाइराइड हुनुले समेत बच्चा नहुने बताइएको छ । त्यस्तै डिम्वासयबाट अण्डा नबस्नु, पुरुषको स्पर्म कम हुनु वा हुँदै नहुनु, यौनजन्य रोग लाग्नु र ढिलो गरी विवाह गर्नु र बढी उमेरमा पनि बच्चा नहुने सम्भावना बढी रहने डा भारतीले बताएकी छिन् ।


निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकमा मेची अञ्चल अस्पतालका वरिष्ट रेडियोलोजिष्ट डा सञ्जयकुमार गुप्ताको दैनिक सेवा रहेको र पूर्वमै पहिलो पटक फोरडी भिडियो एक्स–रे सेवा प्रदान गरिदै आएको बताइएको छ । यहाँबाट अन्य विशेषज्ञ डाक्टरहरुको समेत दैनिक सेवा र उच्चस्तरीय ल्यावको समेत समेत प्रदान गरिँदै आएको क्लिनिक सञ्चालक गुप्ताले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here