अन्तरपार्टी महिला सञ्जाल अहिले के गर्दैछ ?
– अन्तरपार्टी महिला सञ्जाल अहिले महिला सशक्तिकरणसागै नेतृत्व परिवर्तनको संघारमा छ । नयाा अध्यक्षको रुपमा माया गुरुङ चयन हुनुभएको छ । पद हस्तान्तरण गर्न बााकी छ ।
तपाईको कार्यकाल समाप्त हुन लागेको छ, आफ्नो कार्यकालमा उपलब्धिमूलक काम के गर्नुभयो ?
– हो, मेरो कार्यकाल समाप्त हुन लागेको छ । सर्वप्रथम म आफ्नो कार्यसमिति र पूर्व अध्यक्षहरुलाई धन्यवाद दिन चाहन्छु । उहााहरुले मलाई सञ्जालले गर्दै गरेको कार्यलाई अगाडि बढाउने, अधुरो कार्यलाई पूर्ण गर्ने जिम्मेवारी सुम्पिनु भएको थियो । नेपालको ७५ जिल्ला मध्ये झापाको सञ्जालले सामुदायिक भवन बनाएको छ । जो चारपाने–१ मा अवस्थित छ । यो भवन बनाउनको लागि समाजसेवी टुङ्गबहादुर बस्नेतले जग्गा प्रदान गर्नुभएको थियो र जिविसको सहयोगमा स्थानीय सामुदायक शासन विकास कार्यक्रम अन्तर्गत दुई बर्ष अगाडि कांग्रेसकी नेतृ सुशीला ढकालको कार्यकालमा भवनको कार्य शुरु भयो । पछि एमाओवादीकी लक्ष्मी न्यौपानेले निरन्तर दिनुभयो । अहिले यो एक तले भवन ४२ लाखको लागतमा पूर्णताको नजिक छ । मेरो कार्यकालमा यस भवनको उद्घाटन केन्द्रीय अध्यक्ष उर्मिला पाण्डेबाट गत मार्च ८ को अवसरमा गरियो । अहिले केही बााकी रहेको कार्य निर्माण भइरहेको छ । यस्तै मेची नगरपालिका–१० की तारा पौडेलको विभत्स हत्याको विरुद्ध सबै संघ–संस्थाको अगुवाई गर्दै हत्याराहरुलाई कार्वाहीको निम्ति अह्म भूमिका खेलेका थियौं । जिल्ला प्रशासनको सहयोगमा सबै संघ–संस्थाको अगुवाइ गर्दै १६ दिने महिला विरुद्धको घरेलु हिंसा कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरियो । स्थानीय शान्ति समिति र संवाद समूहसाग आवद्ध भएर शान्ति निर्माणमा महिलाको भूमिका विषयक गोष्ठी सम्पन्न गर्यौं । सञ्जालले २४ बटा गाविसमा गाविस सचिवसाग सहकार्य गरेर गाविस सञ्जालको गठन गर्यो । यस्तै सञ्जालमा परेको उजुरीको आधारमा हामी सञ्जालका साथीहरु मिलेर घरेलु हिंसा अन्त्यका लागि पीडितहरुलाई मेलमिलाप पद्धतिबाट उनीहरुलाई न्याय दिलाउन सहकार्य गरेका छौं । आज कति महिला जुन आफ्नो श्रीमानको मुख हेर्नपनि चाहेका थिएनन्, तिनीहरु मेलमिलाप र आपसी समझदारीबाट आफ्नो परिवारमा खुशी पूर्वक बााचिरहेका छन् । यस्तै हामी सञ्जालका सम्पूर्ण साथी महिलाहरुको साझा सवालमा एक जुट भएर काम गरिरहेका छौं । मेरो कार्य उपलब्धिमूलक छ कि छैन् यसको मूल्यांकन आम महिला र झापावासीले गर्छन्, तर मैले आफ्नो क्षमता र सामथ्र्य अनुसार दायित्व निर्वाह गर्ने प्रयास गरेको छु ।
अन्तरपार्टी महिला सञ्जालको खास उद्देश्य के हो ?
– महिला माथि हुने सबै प्रकारको हिंसाको अन्त्य गर्ने, अन्र्तराष्ट्रिय सन्धी, महासन्धीहरु तथा नेपाल सरकार र सर्वोच्च अदालतले विभिन्न समयमा महिला अधिकार र न्यायको पक्षमा गरेका निर्णयहरुको कार्यान्वयन गराउने र राजनीतिक दल तथा राज्यका सबै संयन्त्रहरुको सम्पूर्ण क्षेत्रमा महिलाहरुको समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने मुख्य उद्देश्य रहेको छ । लैंगिक समानता र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने प्रक्रियालाई सुदृढ र कार्यान्वयन गर्न राजनीतिक दल तथा राज्यको सबै संयन्त्रहरुको नीति निर्माण र निर्णय तहमा महिलाको समानुपातिक, समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्य पनि सञ्जालको रहेको छ । सञ्जालमा विभिन्न पार्टीका नेतृहरु रहेतापनि महिलाको साझा सवालमा सबै एकमत छौं ।
अहिले महिलाको अवस्था कस्तो छ ?
– हामी २१औं शताब्दीका कुरा गर्छौ संसारमा धेरै परिवर्तन भयो तर महिलाको अवस्थामा त्यति खास परिवर्तन हुन सकेको छैन । हामी शहरका केही ५/१० प्रतिशत महिलालाई हरेर बुझछौं कि महिलामा धेरै परिवर्तन आएको छ । तर परिस्थिति फरक छ । आजपनि गाउाघरका महिलालाई महिलाको हक र अधिकारबारेमा उनीहरुलाई थाह नै छैन । शिक्षाको क्षेत्रमा केही सुधार भएको छ, तर घरेलु हिंसा त झन्झन् बढेको जस्तो लाग्छ । बहुविवाह, यौनिक पीडाबाट अहिले पनि महिलाहरु मुक्त हुन सकेका छैनन्, कति सन्तान जन्माउने आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । तर त्यो चेतना महिलामा त्यति छैन । क्यान्सर पाठेघरको समस्याबाट धेरै महिला ग्रसित हुादा पनि लाजले विमारी लुकाउाछन् । त्यस्तै सरकारले महिलाहरुलाई छुट्याएको बजेट के–कसका लागि हो । यस्तो कुरामा ग्रामीण महिला अनभिज्ञ नै छन् । त्यसकारण महिलाहरुमा मेरो अधिकार के हो यसको उपयोग कसरी गर्नै कसैले अन्याय गरेमा प्रतिकार गर्नुपर्छ भन्ने चेतना हुनु नितान्त आवश्यक छ ।
महिलाहरु समान सहभागिताको कुरा उठाउँछन्, तर कानुनमा व्यवस्था भएको ३३ प्रतिशत पनि सुनिश्चित नभएको अवस्थामा अन्तरपार्टी महिला सञ्जालको भूमिका कस्तो रहन्छ ?
– २००७ सालदेखि आजको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा बहुमतीय र मिश्रित निर्वाचन प्रणाली प्रयोगमा रहादै आएको र यस प्रणालीबाट आजसम्म महिला दलित, आदिवासी, मधेशी आदिहरुको अधिकार सुनिश्चित हुनसकेको छैन । विगत २०६४ को संविधानसभामा मात्र महिलाको ३३ प्रतिशत सहभागिता हुन सक्यो । तर अन्य कुनै निकाय र संयन्त्रमा ३३ प्रतिशत सहभागिता हुन सकेन । प्रमुख राजनीतिक दलदेखि लिएर सम्पूर्ण निकायमा महिलाको ३३ प्रतिशत सहभागिता कुरामा मात्र सीमित भएको छ । यसको कारण अब महिलाहरु नै एक जुट भएर अगाडि आउनुपर्छ र ३३ प्रतिशत सहभागिताको अधिकार कार्यान्वयन नगर्ने पार्टीलाई कार्वाही गर्नुपर्ने अवस्था देखा परिरहेको छ । यसमा सम्पूर्ण राजनीतिक दल र निकायहरुमा दबाब दिने कार्य अन्तरपार्टी महिला सञ्जालले गरिरहेको छ ।
हरेक क्षेत्र र हरेक निकायमा महिलाको सहभागिताका लागि के गर्नुपर्छ ?
– जुनसुकै राजनीतिक परिवर्तन होस् वा १० बर्षे जनयुद्ध, मधेश आन्दोलन महिलाहरुले हरेक आन्दोलनमा अग्रपंक्तिमा अह्म भूमिका निर्वाह गरेका छन् । महिलाको संघर्ष र योगदान अतुलनीय रहेपनि उनीहरुलाई पछाडि पार्ने षड्यन्त्र अहिलेपनि विधमान छ । महिला जनसंख्यामा पुरुषभन्दा बढी भएतापनि नीतिनिर्माण, निर्णायक र नेतृत्वदायी स्थानबाट महिलालाई टाढा राख्ने चलन छ । आज निजामति कर्मचारी, सुरक्षा निकाय, कुटनीतिक क्षेत्र र अन्य निकायमा महिलाको उपस्थिति न्यून देखिन्छ ।
वर्तमान मन्त्री परिषद् र संवैधानिक अंगहरुमा पनि महिलाको उपस्थिति न्यून छ । राज्यको सबै अंग, तह, क्षेत्र र निकायमा अन्तरिम संविधानमा व्यवस्था भए बमोजिमको प्रतिनिधित्व हुन सकेको छैन । त्यसैले अन्तरिम संविधान २०६३ को मर्म अनुसार महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न राज्यको सञ्चालन विधिमा नै परिवर्तन गर्नुपर्छ । यो परिवर्तन केन्द्रदेखि जिल्लासम्म हुनुपर्छ । अब हुने स्थानीय निकायको निर्वाचनको सन्दर्भमा स्थानीय स्वायत्त शासन ऐन २०५५ को संशोधन गर्दा गाविस, नगरपालिका र जिविसका प्रमुख पदहरु जिल्ला विकास सभापति र उपसभापति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर र गाउा विकास समितिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका तथा गाउा विकास समितिका बडा अध्यक्षहरु सहित महिला पुरुषको समान सहभागिता (आलो–पालो) सम्पूर्ण पदहरुमा जनसंख्याको आधारमा महिलाको समानुपातिक, समावेशी सहभागिता सुनिश्चित गर्ने गरी कानून संशोधन गरियोस् भनी अन्तरपार्टी महिला सञ्जालको माग हो ।
नयाँ नेतृत्वलाई के सुझाव ?
– हामी टिममा सबै साथी समानरुपमा सहकार्य गर्छौ । त्यसकारण अब नयाा अध्यक्षले पनि राम्रो कार्य गर्नु हुन्छ, उहााको कार्यलका सफलताको शुभकामना छ । महिलाका सवालमा हिजोका दिनझंै एक ढिक्का भएर अघि बढौं ।