‘स्वस्थ रहन फिजिकल एक्टिभिटिजमा सक्रिय बनौं’

0
736

फिटनेश वल्र्ड अहिले कस्तो चल्दैछ ?
–राम्रैसाग चलिरहेको छ । म सन्तुष्ट

23s

छु । खासगरी जो यस फिटनेश बल्र्डसाग आवद्ध हुनुहुन्छ उहााहरुले स्वास्थ्यलाभ लिइरहनु भएको छ ।
दैनिक कति जनाले सेवा लिइरहेका छन् ?
– दैनिक ८० पुरुष र २० महिला गरी सय जनाको हाराहारीमा सेवाग्राही रहेका छन् । यसमा उनीहरुको आकर्षण बढ्दो पाइएको छ ।
जीमसंगै अन्य के–के सेवा उपलब्ध छ ?
– फिटनेश बल्र्डमा जिमसागै योगा, मेडिटेशन, एरोबिक लगायतको सेवा समेत उपलब्ध छ । किनभने यी एक अर्काका परिपूरक रहेका छन् ।
यो व्यवसायमा तपाई कहिले बाट कस्को प्रेरणाले प्रवेश गर्नुभयो ?
– यो व्यवसाय मैले २०६५ साल बैशा

खबाट शुरु गरेको हो । मैले आर्नल्ड र लो फिरिङ ओको प्रेरणाबाट यो व्यवसाय शुरु गरे । उहााहरुको फिल्म ‘पम्पिङ आइरन’ मा आकर्षक र तन्दुरुस्त शरीर देखेर पछि आफैपनि जीम गरी शारीरिक बनावट र परिवर्तन ल्याइ तन्दुरुस्त भएको महशुस गरे । यसले गर्दा जीमप्रतिको मेरो क्रेज बढ्यो । यसैक्रममा भारतको मुम्बईस्थित गोल्र्डस् जीममा प्रशिक्षकको ट्ेरनिङ गर्न पुगें । त्यहाा मैले पैसा भएका तर स्वास्थ्य चाहिा गुमाइसकेका उच्च कोटीका मानिसहरु देखें । त्यहाा जीम क्लबमा आउन थालेपछि आफूहरुले नयाा जीवन पाएको भन्ने उनीहरुको भोगाइ र यथार्थ भनाइबाट म अझ प्रभावित भएा । जीम गर्नुअघि र पछिको स्वास्थ्यमा देखिएको परिवर्तनले प्रेरित भई अहिले आफैंले फिटनेश बल्र्डमार्फत यो व्यवसाय अंगालेको छु । 

तपाईले यही व्यवसाय रोज्नुको कारण ?

– मानिस स्वस्थ हुन चाहन्छ । स्वस्थ भएर आरामसाग बााच्ने उसको जीवनको चाहना हुन्छ । तर हामीमा चेतनाको कमी छ । यही चेतनाको कमीले हामी आफ्नो स्वास्थ्यप्रति उति ख्याल गरिरहेका छैनौं भने कोही चेतना भएर पनि उचित वातावरण नपाएका कारण स्वास्थ्य विगारेर बसिरहेका छन् । यही कुराको महशुस गरी मैले यस क्षेत्रका नागरिकलाई

स्वस्थसाग बााच्ने बातावरण तयार गर्न यो व्यवसाय रोजेको हुा । यसबाट म खुशी छु र आफूलाई भाग्यमानी पनि ठान्दछु ।
अहिले सम्म कति लगानी भएको छ ?
–लगानीको कुरा गर्नुपर्दा जीम घरसहित आवश्यक सामग्री गरी अढाई करोड रुपैयााको लगानी भएको छ ।
प्रशिक्षक र कर्मचारी कति जना छन् ?
–अहिले फिटनेश बल्र्डमा प्रशिक्षक र कर्मचारी गरी नौ जना कार्यरत रहेका छन् । यस क्षेत्रमा तीब्र इच्छा शक्तिका साथ प्रवेश गरेर आफूलाई कुशल रुपमा स्थापित गरेका सुकुमार कर्मकार, देवेन्द्र चौहान, सुनिल उप्रेती, धनञ्जय गणेश र रचना थापा र नीमा तामाङ प्रशिक्षकको रुपमा सेवा दिइरहेका छन् । अन्य कर्मचारी रहेका छन् ।
फिटनेश वल्र्डमा नै आएर जीम गर्नु तथा अन्य सेवा लिदा के फाइदा हुन्छ ?
– यस फिटनेश बल्र्डमा युवा र बृद्ध गरी दुई प्रकारको जीमको सुविधा छ । हामी प्रशिक्षकको प्रत्यक्ष निगरानीमा सुरक्षित र वैज्ञानिक तरिकाले व्यायाम गराउाछौं । वेट गेन, वेट लस, फिटनेश मेन्टेन जस्ता वेग्लावेग्लै तालिम तालिका तयार गरी प्रशिक्षण प्रदान गर्दछौं । साथै हप्ताको एक दिन योगा र मेडिटेशन गराई स्वस्थ शरीरको साथै स्वस्थ मनस्थितिको विकासमा टेवा पुगाउादै आएका छौं । फिटनेश बल्र्डमा आएकाहरुकै अनुभव के छ भने असल र उत्कृष्ट व्यक्तिहरुसाग सम्बद्ध बढाउन पनि यो एउटा साझा थलो भएको छ । यसले गर्दा पनि फिटनेश बल्र्डप्रतिको आकर्षण बढेको मैले पाएको छु ।
मानिसले स्वस्थ जीवन कसरी जीउन सक्छ ? त्यसकालागि तपाईको सल्लाह ?
–‘स्वास्थ्य नै धन हो’ भन्ने कुरालाई मनन् गरी जस्तोसुकै व्यस्त जीवनको बाबजुद पनि एक/आधा घण्टाको समय पनि मेरो आफ्नै स्वास्थ्यका लागि भनी निकालेर जुनसुकै फिजिकल एक्टिभिटिजहरुमा समय दिनुको साथै पौष्टिक खानपिन गरी स्वस्थ रहन सकिन्छ । मानिसको रुपमा प्राप्त भएको अमूल्य जीवनलाई स्वस्थ बनाइ सुख र शान्तिसाग दीर्घ जीवनयापन गर्नु सबैको चाहना र लक्ष्य हो । तसर्थ यी कुरालाई मनन् गरी जीम लगायतका फिजिकल एक्टिभिटिजमा सक्रिय भएर जीवन स्वस्थ बनाई स्वस्थ र समृद्ध समाजको निर्माणमा सरिक हुन मेरो आग्रह छ ।
तपाईको आगामी योजना के छ ?
– आगामी योजनाको कुरा गर्नुपर्दा यस फिटनेश बल्र्ड हेल्थ क्लबलाई रिक्रिएशनमा परिणत गर्ने तयारमा छु ।
फिटनेश वल्र्ड बाहेक तपाईको अरु व्यवसाय ?
– फिटनेश बल्र्ड सेवामुखी व्यवसाय हो । यस बाहेक तत्कालीन अनारमनी–३ जात्रुवाडीमा मिडल पोइन्ट नामक प्राइमेरी स्कूल सञ्चालन गरिरहेको छु ।
सामाजिक क्षेत्रमा कुन–कुन संस्थामा आवद्ध हुनुहुन्छ ?
– फिटनेश बल्र्ड र मिडल पोइन्ट बाहेक मेरो समय सामाजिक कार्यमा पनि बेथित हुने गरेको छ । म विभिन्न सामाजिक संघ–संस्थामा सानै पदमा रहेर भएपनि सक्रिय छु  । म हाल एनप्याब्सन जिल्ला समिति झापाको सदस्य, महालक्ष्मी सहकारी संस्थाको सञ्चालक समिति सदस्य, धिमाल जाति विकास केन्द्र जिल्ला समितिको सदस्य लगायतका संघ–संस्थामा रहेको छु ।
तपाईको रुची ?
– रुचीको कुरा गर्नुपर्दा दर्शन र आध्यात्मिक ज्ञान भएका पुस्तकहरु पढ्छु । क्रिकेट खेल्न, संगीत सुन्न, नयाा–नयाा ठाउाको भ्रमण गर्न, नयाा साथीहरु बनाउन र सामाजिक कार्यमा सक्रिय हुन मेरो रुची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here