मोटरसाईकल चोरीमा संम्लग्न १ जना पक्राउ

0
554

पथरीशनिश्चरे,

पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राऊ गरेको छ।

गत पूस -१४ गते दिउँसो २:३० बजे विराटनगर महानगरपालिका वडा नं.-७ मा पार्किङ गरी राखेको को २८ प ६५४९ नम्बरको यामाहा कम्पनीको FZ मोटरसाईकल चोरीमा संम्लग्न एक जनालाई हिजो सोमबार प्रहरीले पक्राऊ गरेको हो ।

प्रहरीले सुनसरीको दुहवी नगरपालिका-५ बस्ने बर्ष २० को मनिष परियारलाई हिजो १९ गते चोरीको सो मोटरसाईकलसहित पक्राउ गरी जिल्ला अदालत मोरङ्गमा चोरी गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

निजलाई चोरी कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान जारी राखेको मोरङ्ग प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here