पवित्र क्रान्ति

0
804

कविता

आज म
कलापानीको किनारमा बसेर
शान्तिको गीत गाउँदैछु
एउटा नवीन क्रान्ति
आवाज बोल्दैछु
यहाँनेर पवित्र क्रान्ति उद्घोष गर्दैछु
अनि भनिरहेको छु
यो बगिरहेको पानी कसको हो ?
यो माटो कसको हो ?
यहाँबाट बगिरहने हावाले कसलाई स्पर्श गर्छ ?
आज पनि वीर योद्धाको
खुन सेलाएको छैन
खुकुरीमा धार गएको छैन
म त्यो वीर योद्धा हुँ
गोर्खे हुँ, मेरो देश
मेरो सीमाना माथि
कुदृष्टिले नहेर
अझै पनि जिवित छन् ।
भिमसेन थापा
कालू पाण्डे
हिँडीरहेका छन् तिम्रै वरिपरि
इतिहास साक्षी छ
नशा–नशामा देशभक्तिको
भावना ओतप्रोत छ
मेरो देशको सीमानामाथि
गिद्दे नजर नलगाउ
आज म यही खोलाको
किनारमा बसेर शान्तिको लागि
प्रार्थना गर्दैछु,
तातो हावासरी बगिरहेको छ
यस्तो पवित्र भूमिबाट
जुन प्रकृतिमा तिमी बाँचिरहेको छौ
हाँसीरहेको छौ ।
यहाँबाट बहने
स्वच्छ हावाको अनुभूति गरेका छौं ।
जहाँबाट तिम्रो
सृष्टि चल्छ त्यही प्रकृतिको
तिमी दहन गरिरहेका छौं
आज म
युद्ध गरिरहेको छु, पवित्र क्रान्तिको
यतिखेर म पाइला–पाइलामा
परिवर्तन देख्दैछु ।
नयाँ क्रान्ति
हुन लागेको अनुभूति गर्दैछु
हो भोलिपल्टदेखि नै
देशमा नयाँ बिहानी हुनेछ,
सूर्य उदाउनेछ, देशले हसिलो मुहार फेर्नेछ
प्रत्येक मानव जातिहरुमा
प्रेम आत्मीयता बढ्नेछ
तब मात्र,
मैले गरेको पवित्र क्रान्ति सार्थक बन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here