पथरी,
पथरीशनिश्चरे नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा निर्वाचित भएका आफ्ना उम्मेदवारहरूको खुसियालीमा विजयोत्सव गरिएको छ ।
नेकपा एमाले नगर कमिटीले शनिबार दिउँसो आयोजना गरेको उक्त र्याली सहितको कोण सभाहरू आयोजना गरिएका हुन्।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गत बैशाख (३० गते सम्पन्न भएको निर्वाचनबाट
पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मोहन तुम्बापो , उपप्रमुख देवीमाया काफ्ले , अन्य वडाका वडाध्यक्ष तथा सदस्यहरु निर्वाचित भएपछि उहाँहरूको विजयको खुसियालीमा विजयोत्सव भएको थियो। एमालेका तर्फबाट नगरका ५ वटा वडाहरुमा वडाध्यक्ष सहित प्यानलै निर्वाचित भएका छन् भने केही वडाहरुमा वडाध्यक्ष बाहेक अन्य वडा सदस्यहरू निर्वाचित भएका छन्।
वडा नं १ स्थित रत्नचोकबाट शुरू भएको उक्त र्याली पथरी बजार परिक्रमा गरी शिखरचोकदेखि आईतबारे( हसन्दह ( बुद्ध चोकमा कोणसभामा परिणत भएको थियो। कोणसभालाई संबोधन नवनिर्वाचित उप(प्रमुख देवीमाया काफ्लेले न्यायिक कार्यमा निष्पक्षता र स्पष्टता देखाउने बताउनुहुदै निर्वाचनताका गरेका वचनवद्धता गरेका कुराहरू आफ्नु ले पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
यसैगरी, नगर प्रमुखका रूपमा नवनिर्वाचित मोहन तुम्वापोले बुद्ध चोक( किर्तिपुर हुँदै सोमवारेमा पुगेर कोणसभालाई संबोधन गर्नुभएको थियो। उहाँले पथरीशनिश्चरे नगरपालिकामा रहेको तमाम समस्याहरुको अध्ययन गरी प्राथमिकताका आधारमा र विकास निर्माणका थुप्रै कामहरू सहमति र सहकार्यका माध्यमबाट सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबास समस्या समाधान गर्न निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।
नवनिर्वाचित मेयर मोहन तुम्वापोले भने ( ू तपाईं ९ जनता० हरूले निर्वाचन मार्फत हामीलाई विजय हासिल गराउनु भएको छ। उहाँले प्रमुख तुम्वापोलाई पथरीशनिश्चरे नगरपालिकाको सम्पुर्ण नगरवासीहरुले अत्याधिक मत दिई विजयी तुल्याउन अनुरोध गर्द्छ ।ू
सोहि क्रममा उहाँले हरेक जनताको चाहना र विकास निर्माणका कामहरू प्राथमिकताका आधारमा काम अघि बढाउँदै नगरवासीलाईको मन जित्न प्रयत्नहरू निरन्तर जारी राख्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
उक्त अवसरमा नगरका अन्य वडाका लागि नेकपा एमालेका विजयी वडाध्यक्षहरू सहितको तयारीमा सहभागिता रहेको थियो । वडा नं १,२, ७,८ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलकै निर्वाचित भएका छन् भने वडा नं ३,४,५,६ र १० मा कांग्रेसका तर्फबाट वडाध्यक्ष तथा वडा सदस्यहरू निर्वाचित भएका छन्।