झापामा यात्रु सहायता कक्ष सञ्चालन

0
186

बिर्तामोड ।

चाडपर्वको समयमा यात्रुको आवातजावत बढ्ने भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

झापाका विभिन्न पाँच स्थानमा शनिवारबाट एकैसाथ यात्रु सहायता कक्ष शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोककुमार जवेगूले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरीले चाडपर्वको समयमा यात्रुलाई सहजता होस् भन्ने उद्देश्यले सहायता कक्षा शुरु गरेको बताइएको छ । विभिन्न स्थानबाट चाड पर्व मनाउन आफ्नो जन्मथलो जाने क्रममा कुनै अलमल तथा यातायातका विषयमा जानकारी लिनुका साथै कसैले ठगी गरेमा यात्रु सहायता कक्षमा गएर आफ्ना कुरा राख्न ट्राफिक प्रहरी निरीक्षक जवेगूले आग्रह गरेका छन् ।

प्रहरीले चाडपर्वको समयमा यात्राको क्रममा पाकेटमार तथा चोरीको घटना बढी हुन सक्ने भएकाले यात्रुलाई सचेततना अपनाउन आग्रह समेत गरेको छ । झापाको बिर्तामोडस्थित नयाँ बसपार्क काँकरभिट्टा, भद्रपुर, दमक लगायतका स्थानबाट यात्रु सहायता कक्षा शुरु गरिएको बताइएको छ । नेपालीहरुको महान पर्व विजयादशमी, दीपावली तथा छठ पर्वसम्मका लागि यात्रु सहायता कक्ष शुरुवात गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रदेश १का १४वटै जिल्लामा यात्रु सहायता कक्ष शुरु भएको जनाइएको छ । झापामा यात्रुको चाप बढी हुने भएकाले त्यसलाई मध्यनजर गरेर सचेतना अभियानसँगै सहायता कक्षहरु सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी साधन सञ्चालनमा सचेतता अपनाउन आग्रह गर्दै यात्रुलाई भीडभाड हुने गरी यात्रा नगर्न सुझाव समेत दिएको छ । सवारी चालकले ठगी गरेमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन समेत ट्राफिक प्रहरी निरीक्षक जवेगूले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here