विप्लव माओवादीले चुनाव बिथोल्ने

0
256

झापा ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी निर्वाचन विथोल्ने निर्णय गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको हो।

मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको जानकारी दिए ।

चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको उनले बताए । पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिए ।

उनले पाँच वर्ष भ्रष्ट्राचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरुलाई सुनपानी छर्नका लागि निर्वाचन हुन लागेको बताए । निर्वाचनमा जितेर आउनेले अहिलेको भन्दा डरलाग्दो जनबिरोधी र राष्ट्रविरोधी हर्कत गर्ने उनले बताए । उनले आफ्नो पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएको भन्दै भ्रष्टाचार गर्ने तर लोकतन्त्रवादी हुँ भन्दै जनताकोमा मत माग्न जाने नेताहरुलाई गाउँ–गाउँबाट लखेट्ने बताए ।

प्रवक्ता विश्वकर्माले दलहरुले घोषणापत्रमा नेताहरुको सम्पतीको छानबिन गर्ने कुरा राखेका उल्लेख गर्दै दुधको साँचि बिरालो भएको टिप्पणी गरे । सबैभन्दा बढी भ्रष्टले सम्पती छानबिन गर्ने कुरा गर्नु जनतालाई मुर्ख बनाउनु भएको उनको भनाइ छ ।

उनले पार्टीका केन्द्रदेखि गाउँ कमिटी सम्मका नेताले हरेक दुई महिनामा एक पटक भौतिक श्रम गर्ने र उक्त श्रमबाट प्राप्त रकम केन्द्रमा पठाउनुपर्नेल नीति पार्टीको रहेको उल्लेख गरे । त्यस्तै शहीद तथा बेपत्ता परिवारका सेवाका लागि पाँच लाखको केन्द्रिय कोष खडा गरिने पनि जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here