बिहीबारेमा पद्म महापुुराण उद्घाटन

0
229

लक्ष्मीपुर ।

अर्जुनधारा ५, लक्ष्मीपुरस्थित नवदुुर्गा पाञ्चायतन मन्दिर बिहीबारेमा श्रीमद् पद्म महापुराण शुभारम्भ भएको छ ।
मन्दिर परिसरको नवदुुर्गा सामुदायिक भवनमा आइतवार एक विशेष समारोहको आयोजना गरी अनुुष्ठान उद्घाटन गरिएको हो । पुराणका संयोजक रुद्र ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुुख बलदेव गोम्देनको प्रमुख आतिथ्य रहेको थियो ।

कलशयात्रापछि सम्पन्न सो उद्घाटन कार्यक्रममा अर्जुनधारा नपा वडा नं. ५ का वडाध्यक्ष गिरिराज खड्का, कनकाई नपा वडा नंं ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, भानु मावि विव्यस अध्यक्ष लक्ष्मी न्यौपाने, गोपालकृष्ण थापा, भीमवहादुर खड्का, इन्द्रमणि पौडेल, सुनिता सिग्देल, देवराज वुढाथोकी, छविलाल लम्साल, देवराज लामा, लगायतले शुुभकामना मन्तव्य राखेका थिए ।

सो अनुुष्ठानमा व्यासाचार्य पं. रघुनाथ रिमालको प्रमुख व्यासत्व, तथा पं.लक्ष्मीप्रसाद पोखरेल, पं.हरि नेपाल र पं.भरत अधिकारीको उपव्यासत्व रहेको छ । मन्दिरको अठारौं वार्षिकोत्सवको अवसरमा आयोजित यो १७ औं महापुराण हो । मन्दिरमा १८ महापुराणसम्म आयोजना गरिने जनाइएको छ ।

हरेक वर्ष आयोजना गरिँदै आएको महापुराणवाट संकलित रकमले नवदुुर्गा पांचायतन मन्दिरको स्तरोन्नति, नवदुुर्गा सामुुदायिक भवन निर्माण कार्य सम्पन्न गरिसकिएको छ । साथै सामाजिक, धार्मिक एवम् आध्यात्मिक जागरणका कार्यक्रम भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

१८ पुराणको आयोजना पछि मन्दिरलाई धामको रुपमा विकास गर्ने लक्ष्य लिएको वताइएको छ । पुराण सञ्चालनको लागि ११ सदस्यीय समिति गठन गरिएको छ । एलवहादुर गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन तेजकुमार गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here