झापा ।

तालिबानले पाकिस्तानलाई निकै चुनौती दिई रहेको छ । १७ घण्टाभन्दा बढी भइसक्यो तर पाकिस्तानले आफ्नो काउन्टर आतंकवाद केन्द्रलाई टीटीपीको गढबाट मुक्त गर्न सकेको छैन।
पाकिस्तानी सेनाका धेरै उच्च अधिकारी तहरीक-ए-तालिबान पाकिस्तानको नियन्त्रणमा छन्। पाकिस्तानले लगातार टीटीपीसँग वार्ताका लागि प्रयास गरिरहेको छ, तर यो मामिला अगाडि बढेको छैन।
उत्तर-पश्चिम पाकिस्तानको खैबर पख्तुनख्वाको बन्नुमा रहेको काउन्टर टेररिज्म सेन्टरमा रातभर हिरासतमा रहेका धेरै टीटीपी कार्यकर्ताहरूले पूरै केन्द्रलाई बन्धक बनाएका थिए।मौका देखेर यी टीटीपी कार्यकर्ताहरूले पाकिस्तानी सुरक्षा एजेन्सीका धेरै अफिसरहरूको हत्या गरे र कैदमा राखेको हो ।
आसपासको स्थिति तनावग्रस्त छ। पाकिस्तानी प्रहरी र सुरक्षा निकायले क्यान्टोनमेन्ट क्षेत्रलाई घेरा हालेका छन् । उनीहरुले आसपासका बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेका छन् । उक्त क्षेत्रमा इन्टरनेट र मोबाइल फोन सेवा पनि बन्द गरिएको छ ।






























