सिर्जना बाल युवा क्लबमा निर्माण भएका योजनाहरुको उद्घाटन

0
244

अर्जुनधारा,‘पूर्वाधार निर्माण कार्यक्रम–२०७९’ अभियान अन्र्तगत झापाको अर्जुनधारा–७ ज्योति बस्तीस्थित सिर्जना बाल युवा क्लबमा निर्माण सम्पन्न भएका योजनाहरुको बिहीबार एक कार्यक्रमकोबिच उद्घाटन एवम् हस्तान्तरण गरिएको छ ।
क्लबकी अध्यक्ष एवम् अभियानकी सचिव शर्मिला न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले कार्यक्रमको ‘फोटोलेख’ अनावरण गर्दै उद्घाटन गरेकी थिइन् ।
गत कात्तिक २२ गतेदेखि सुरु भएको अभियान अन्र्तगत २२ जना अभियन्ताको सहयोगमा पक्की शौचालय निर्माण, खानेपानीको लागि कल जडान, विद्युत लाइन विस्तार, एक थान स्टील दराज, एक थान फलामको टेबल र १० थान प्लाष्टिकको कुर्सी प्राप्त भएको अभियानका संयोजक एवम पूर्वाञ्चलकर्मी अमित खम्बूले जानकारी दिए ।
त्यसैगरी कार्यक्रममा अभियानकी सचिव न्यौपानेले अभियानको आय–व्यय विवरण सार्वजनिक गरेकी थिइन् । प्रस्तुत विवरण अनुसार जिन्सी र नगदसहित जम्मा आम्दानी एक लाख ८५ हजार पाँच रुपैयाँ, जम्मा खर्च एक लाख ८२ हजार दुई सय रुपैयाँ र जम्मा बचत दुई हजार आठ सय पाँच रुपैयाँ रहेको छ ।
सोही कार्यक्रममा अभियन्ता मीना राईले क्लबलाई एक थान फुटबल र एक थान भलिबल प्रदान गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन अभियानका संयोजक खम्बूले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here