झिलझिले माध्यमिक विद्यालयका ३६ स्काउटर दीक्षित

0
176

झिलझिले,

झिलझिले माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको झिलझिले सतासी स्काउट ट्रुप सोमबार दीक्षित भएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा ३६ जना स्काउट विद्यार्थीलाई दीक्षित गरिएको थियो ।

सो विद्यालयमा २८ छात्रा र ८ छात्रले स्काउटको सदस्यता समेत पाएका छन् । गएको सात महिना अर्थात असार देखिको लामो प्रशिक्षणबाट प्रशिक्षित भएपछि स्काउटका विद्यार्थीहरु समारोहमा दीक्षित भएको झिलझिले माद्यमिक विद्यालयका स्काउट प्रशिक्षक नारदमणी दवाडीले बताए ।

उनका अनुसार नेपाल स्काउटका शिवसताक्षी नगर अध्यक्ष डिगम पराजुली, शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिन, विद्यालयका प्रधानाध्यापक खेमराज निरौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुँगाना, समितिका अन्य पदाधिकारी लगायतले दीक्षित गरेका थिए । दिक्षान्त समारोहमा नेपाल विश्व स्काउटको सदस्य, स्काउट सदस्यको लोगो, समेत स्काउटका विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक समेत रहेका झिलझिले सतासी स्काउट ट्रुपका संरक्षक खेमराज निरौलाको अध्यक्षता र वडा अध्यक्ष सन्तकुमार फेउदिनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

विद्यालयमा गठित स्काउटले आगलागी पीडितलाई सहयोग, वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई भोजन, विद्यालय सरसफाइलगायतका कामहरु गर्दै आएको छ । शिवसताक्षी नगरमा संस्थागत र सामुदायिक गरी २० वटा आधारभुत तह देखि माथिका विद्यालयमा स्काउटको गतिविधि हुने गरेको छ । कोरोना लागेर मृत्यु भएकाको शवको व्यवस्थापन, मेला, जात्रामा स्वयम्सेवक तथा भिड नियन्त्रण व्यवस्थापन, बाढी पहिरोमा परेका परिवारको उद्दार तथा पुर्नस्थापना लगायत विपतमा स्काउटले रचनात्मक काम गर्दे आएको छ ।

स्काउट गठन भएका पालिका मध्ये झापाको शिवसताक्षी नगरपालिका स्काउट गतिविधि गर्ने एक नम्बर प्रदेशमै पहिलो जस्तै देखिएको नेपाल स्काउटका एक नम्बर प्रदेश कार्यालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार अन्य पालिकामा शिवसताक्षी नगरको जस्तो स्काउट गतिविधि हुन सकेको छैन । ‘एक नम्बर प्रदेशका अधिकांश पालिकामा स्काउट गठन भएको छ, तर केहि पालिकाले यसको उद्देश्य अनुसार गतिविधि गर्न सकेका छैनन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here