अरुणोदय आविका अभिभावकलाई डसना र स्वीटर वितरण

१९ माघ २०७९, बिहीबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७स्थित अरुणोदय आधारभूत विद्यालयका अभिभावकहरुलाई बिहीबार एक कार्यक्रमकोबिच डसना एवम् स्वीटर वितरण गरिएको छ ।

मारवाडी महिला मञ्च बिर्तामोडको सहयोगमा नौ जना अभिभवाकलाई डसना र १३ जना अभिभावकलाई स्वीटर वितरण गरिएको मञ्चकी अध्यक्ष नीलम अग्रवालले जानकारी दिइन् ।

सोही कार्यक्रमको अवसरमा मञ्चकोतर्फबाट ७० जना भन्दी बढी विद्यार्थीलाई स्टेसनरी र खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

अभिभावक ममता भूजेललाई डसना हस्तान्तरण गर्दै उद्घाटन गरिएको उक्त अनौपचारिक कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार बराइलीले गरेका थिए ।

कार्यक्रममा मञ्चकी अध्यक्ष नीलम अग्रवालसँगै सचिव निर्मला अग्रवाल, मारवाडी युवती मञ्चकी संयोजक ऋचा अग्रवाललगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here