एक्सलको सत्रौं वार्षिक साधारण सभा सम्पन्न: संस्थापक शेयरधनी खनाल सम्मानित

0
169

झापा,  एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको सत्रौ वार्षिक साधारण सभा सम्मपन्न भएको छ । बैंकका सञ्चालक समिति अध्यक्ष महेन्द्र कुमार गोयलले सभाको उद्घाटन गरेका थिए ।

साधारण सभाले सस्थापक समूहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरुमा महेन्द्र कुमार गोयल, राजन शर्मा र अमित कुमार अग्रवाललाई निर्वाचित गरेको छ । सभामा पूर्व संचालक तथा संस्थापक शेयरधनी गणेश प्रसाद खनाललाई सम्मान गरिएको छ ।

प्रादेशिक बैंकको रुपमा झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोर¨, पा“चथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत बैंकि¨ सेवाप्रदान गरिरहेको बताइएको छ । वैंकले उदयपुर जिल्लाको रामपुरमा शाखा खोल्ने तयारी गरिरहेको बताइएको छ । वैंकले कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति लिएको कार्यक्रममा जानकारी दिइयो । वैंकको कर्जा लगानी करिब १० अर्व ८० करोड र निक्षेप संकलन १३ अर्व २५ करोड रहेको बताइएको छ ।


बैंकको बिर्तामोडस्थित होटल शिदार्थमा भएको सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागी महानुभावहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक पर्शुराम दाहालले गरेका थिए ।
कार्यक्रम संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि र भावी लक्ष्यको बारेमा मन्तव्य राखेका थिए । भने संस्थापक शेयरधनीहरु सुरेश कुमार अग्रवाल रगणेश प्रसाद खनालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here