बिर्सन नसकेको पानीजहाज ‘टाइटानिक’

0
100

टाइटानिक यात्रु पानी जहाज समुद्रमा डुबेको ११३ वर्षपछि पनि मानिसहरुले बिर्सन सकेका छैनन् । झन् बढी सम्झन्छन् र टाइटानिक जहाजको अवशेषका फोटाहरु हेर्न ब्याकुल हुन्छन् । किन यति धेरै चासो र रुचीको विषय बन्यो त ? कसैले ठ्याक्कै उत्तर दिन भने सक्दैनन् ।

टाइटानिक पानी जहाज २०औं शताब्दीको पूर्वार्धमा प्रतिद्वन्द्वी शिपिङ लाइनहरू बीचको तीव्र प्रतिस्पर्धाको उपज थियो । त्यो बेलाको जमानामा टाइटानिक सबैभन्दा ठूलो र राम्रो जहाज बनेको थियो । त्यसबेला स्टीमबाट चल्ने पानीजहाजहरु एक से एक अर्थात् त्यस समयका परिष्कृत र बिलासी जहाजहरु बनिसकेका थिए । त्यसै भिडमा टाइटानिकले आफ्नो उपस्थिति जनाउन निस्किएको थियो । जसलाई आरएमएस टाइटानिक जहाज पनि भनिन्थ्यो र आफ्नो पहिलो यात्रा नथाल्दै पनि त्यतिबेलाको सबैभन्दा उत्कृष्ट जहाजको रुपमा गनिन सफल भएको थियो ।

टाइटानिक आउनुभन्दा अघि कुनार्डको मौरेटानियाले सन् १९०७ मा सेवा शुरु गरेको थियो र ट्रान्स्एटलांटिक क्रसिङ समयमा सबैभन्दा छिटो चल्ने जहाजको रुपमा रेकर्ड कायम गरेको थियो । कुनार्डको अर्को उत्कृष्ट कृति, लुसिटानिया सोही वर्ष लन्च गरिएको थियो र त्यसको शानदार भित्री भागको लागि प्रशंसा गरिएको थियो । सन् १९१५ मे ७ का दिन जर्मनीको यू–बोटले चलाएको टारपीडोले जहाज डुबाउँदा लुसिटानियाको दुःखद् अन्त्य भयो । जसमा सवार एक हजार नौ सय ५९ मध्ये करिब एक हजार दुई सय जनाको मृत्यु भएको थियो ।

टाइटानिक जहाज :

टाइटानिक जहाजसँगै तीन जहाज बन्ने क्रममा थिए, तर टाइटानिक जहाज पहिला बनाउन काम शुरु भयो र दुई वर्षसम्म जहाज निर्माणको काम लगातार जारी रह्यो । टाइटानिकको विशाल रुप, पानी जहाजबीच मात्र होइन कि त्यतिबेलाको संसारको सबैभन्दा ठूलो मानवनिर्मित वस्तु थियो । हजारौं कामदारहरूले जहाजको डेक र भव्य भित्री भाग निर्माण गरेका थिए । सँगै २९ वटा विशाल बोइलरहरू पनि स्थापना गरिए जसले जहाजको दुई मुख्य बाष्प इञ्जिनहरूलाई शक्ति प्रदान गर्दथ्यो ।

टाइटानिकको प्राविधिक कमजोरी :

केही अनुमान अनुसार, टाइटानिक शुरुदेखि नै एक डिजाइनद्वारा बर्बाद भएको थियो । ओलम्पिक–क्लास जहाजहरूमा डबल बटम र १५ वाटरटाइट बल्कहेड कम्पार्टमेन्टहरू थिए, जुन इलेक्ट्रिक वाटरटाइट ढोकाहरूसँग सुसज्जित थिए । जुन स्विचद्वारा व्यक्तिगत रूपमा वा एकै साथ सञ्चालन गर्न सकिन्थ्यो । तर, वाटरटाइट कम्पार्टमेन्ट डिजाइनमा एउटा त्रुटि थियो जुन टाइटानिक डुब्नुको कारणमा यो एक महत्वपूर्ण कारक थियो । बल्कहेडहरू छुट्याउने भित्ताहरू पानीको रेखाभन्दा केही फिटमाथि मात्र फैलिएका थिए । त्यसैले पानी एक कम्पार्टमेन्टबाट अर्कोमा सजिलै सर्न सक्थ्यो ।

दुई हजार पाँच सय ३५ जनासम्म यात्रु बोक्न सक्ने यति ठूलो जहाजमा धेरै मानिसको ज्यान लिने दोस्रो महत्वपूर्ण कारणमा सुरक्षा कमजोरी थियो । टाइटानिक जहाजमा पर्याप्त संख्यामा लाइफबोट राखिएका थिएनन् । फलस्वरूप, आपतकालीन निकासीको समयमा लाइफबोटहरू पूर्ण क्षमतामा लोड गरिएको भए तापनि जहाजमा रहेका यात्रुहरू मध्ये केवल एक तिहाईका लागि मात्र लाइफ बोटहरु उपलब्ध थिए । आजको मापदण्ड अनुसार अकल्पनीय रूपमा अपर्याप्त थियो । यसैकारण पनि टाइटानिकमा प्रथम श्रेणीमा यात्रा गर्ने यात्रुहरू अन्य यात्रुहरूको तुलनामा लगभग ४४ प्रतिशत बढी बाँच्ने सम्भावना थियो । तर, दुर्भाग्यवश उनीहरु जहाजसँगै समुद्रको पानी डुब्नु प¥यो ।

टाइटानिक जहाजमा यात्रु :

सन् १९१२ अप्रिल १० का दिन इङ्ग्ल्यान्डको साउथह्याम्पटनबाट पहिलो पटक यात्राका लागि प्रस्थान गर्दा टाइटानिकले निकै हल्लीखल्ली र हलचल मच्चाएको थियो । चेरबर्ग, फ्रान्स र क्विन्सटाउन (अहिले कोभको रूपमा चिनिन्छ) मा रोकिएपछि, जहाजले दुई हजार दुई सय ४० जना यात्रु र चालक दल लिएर न्युयोर्कको लागि प्रस्थान ग¥यो । त्यसबेलाका कतिपय धनीमानी मानिसहरु, विशिष्ठ मानिसहरु, उच्च पदस्त अधिकारीहरु, उद्योगपतिहरु र सेलिब्रिटीहरु विभिन्न कारणले टाइटानिकमा यात्रा गर्न छुटेका थिए ।

तर पनि यात्रामा नामी मानिसहरु, धनीमानी मानिसहरु थिए, जो पहिलो श्रेणीको बिलासी सुविधाको मज्जा लिँदै यात्रा गर्दै थिए । सबैभन्दा धनी यात्री जोन ज्याकोब एस्टोर चतुर्थ थिए, जो एस्टोर परिवारको भाग्यको उत्तराधिकारी थिए, जसले एक वर्ष पहिले १८ वर्षीया मेडेलीन टाल्मडगे फोर्ससँग विवाह गरेर चर्चा कमाएका थिए, जो ज्याकोब एस्टोर भन्दा २९ वर्ष कान्छी युवती थिइन् । यात्रुहरूको सबैभन्दा ठूलो समूह तेस्रो श्रेणीमा रहेका थिए । किनकि टाइटानिक जहाजमा यात्रा गर्नु निकै महँगो काम थियो ।

जहाजको दुःखद् अन्त्य :

यात्रुहरु सामान्य जनजीवनभन्दा कता हो कता सुविधा उपभोग गर्दै, मिठो मिठो खाँदै, रमाउँदै, नाच्दै, गाउँदै र मस्ती गर्दै टाइटानिकमा यात्र गर्दै थिए । धेरै–धेरै नवजोडीहरु त हनिमुन मनाउँदै थिए, तर सन् १९१२ अप्रिल १५ का दिन उत्तरी एटलान्टिक महासागरको न्यूफाउन्डल्याण्डको तटमा रहेको टाइटानिक जहाज आफ्नो पहिलो यात्राको क्रममा हिमशैललाई साइडस्वाइप गरेपछि डुबेको थियो । टाइटानिकमा सवार दुई हजार दुई सय ४० यात्रु र चालक दलका सदस्य मध्ये एक हजार पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

टाइटानिक जहाजबारे केही रोचक तथ्य :

टाइटानिक जहाज निर्माताहरुले टाइटानिक कहिल्यै डुब्दैन भनेका थिए । तर, पहिलो यात्रामा नै डुब्यो र दुनियाँलाई छक्क पारिदियो । यो नै टाइटानिक बारेको सबैभन्दा चाख जगाउने घटना बनेको छ । जहाज डुबेपछि उद्धारकर्ताहरुले यात्रुहरुका तीन सय छ वटा शवहरु मात्र भेटे, अरु शव कहाँ गए रहस्य नै रह्यो । द्रूतगतिमा जहाज हिउँको डिक्कामा ठोक्किएर अनियन्त्रित भई, भार सन्तुलन बिग्रिई दुई टुक्रा समेत भयो र जहाज तीव्रगतिमा समुद्रमा डुब्यो । जहाजमा नौ वटा कुकुरहरु थिए र दुई वटाको मात्र उद्धार हुन सक्यो ।

खोजकर्ताहरुले पत्ता लगाएको टाइटानिक जहाजको अवशेषको फोटाहरु हेर्दा समुद्रको पिँधमा, जहाडको अगाडिको भाग नढल्की, कोल्टे या उत्तानो नपरी समुद्रमा सतहमा थपक्क बसेको छ । जहाजबाट हिउँको ढिक्का देखिएको ३७ सेकेन्डमा जहाज हिँउको डिक्कासँग ठोक्किएको थियो । द्रूतगतिको विशाल जहाजलाई रोक्न या दिशा परिवर्तन गर्न यति समय पर्याप्त थिएन । विपरीत दिशाबाट आइरहेका जहाजहरुले टाइटानिक जहाजलाई बाटोमा हिँउको ढिक्का रहेको पूर्व जानकारी दिँएका थिए । तर, टाइटानिकका क्याप्टेनले घमण्डवश वास्ता गरेनन् र जहाजको गति कम गरेनन् । प्रथम श्रेणीका यात्रुहरुलाई अन्तिम भोजनमा ११ कोर्षको भोजन सर्भ गरिएको थियो । मेनुमा, कस्तुरी जस्ता होर्स डिओवेरहरु, फिलेट मिग्नन जस्ता मुख्य खानेकुरा र चकलेट, भ्यानिला एक्लेयर जस्ता डेजर्टहरु सर्भ गरिएका थिए ।

जहाज डुबेपछि कतिपय मानिसहरु चिसो समुद्रको सतहमा जसोतसो तैरँदै थिए र उद्धारको पर्खाइमा थिए । तर, उनीहरुको पर्याप्त उद्धार हुन नसक्दा धेरै चिसो समूद्रमै सदाका लागि निदाए । जहाजका क्याविन र डेकमै अड्किएका र लाइफ बोटमा ठाउँ नपाएका यात्रुहरु जहाजसँगै करिब चार हजार मिटर गहिरो समुद्र तलमै पुगे । डुबेको टाइटानिक सहाजको खोजमा गोता लगाएका गोताखोरहरुले खिचेका फोटाहरुमा टाइटानिकका यात्रुहरुका शरीरका कंकालहरु अझै पनि कुर्सीमा र जहाजका सिटमै रहेका देखिन्छन् । केही हप्ताअघि डुबेको टाइटानिक जहाज हेर्न जाने यात्रुहरु बोकेको पन्डुब्बी ओसन टाइटन पनि बिष्फोट भएर दुर्घटना ग्रस्त भयो ।

यसरी टाइटानिक जहाजले उसको कथाहरुको कोर्षमा अरु रोचक अध्यायहरु थप्दै आइरहेको छ । टाइटानिकले अनगिन्ती पुस्तकहरू, लेखहरू र चलचित्रहरू (केट विन्सलेट र लियोनार्डो डिक्याप्रियो अभिनित १९९७ को टाइटानिक चलचित्रसहित)लाई प्रेरित गरेको छ र जहाजको कथाले मानव अहंकारको खतराको बारेमा एक चेतावनी कथाको रूपमा विश्वव्यापी रुपमा कहानी सुनाएको छ । जसले टाइटानिकको सम्झना अझ गाढा बनाएको छ । क्रमश ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here