बुद्धशान्ति १ मा नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू

0
47

बुधबारे।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेकाे छ ।

वडाले आज सर्पदशंसँग सम्बन्धित सचेतना मूलक कार्यक्रम गर्दै नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेकाे हाे ।

वडाकाे आयाेजनामा भएकाे कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस साेसाइटी उपशाखा बुद्धशान्तिले गरेको थियो । वडा अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएकाे कार्यक्रममा वडा सदस्य तुलसा खतिवडा रेग्मीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएकाे थियाे भने तालिमकाे सहजिकरण हरिकान्त पोख्रेलले गर्नु भएको थियाे ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी उपशाखा बुद्धशान्ति सभापति पुष्प भट्टराई, टाेल विकास संस्था अध्यक्ष नेत्र बास्तोला, नमूना आधारभूत बिद्यालयका प्रधानाध्यापक गायत्रा ढुंगेल, तीनतले सामुदायिक वनकी सचिव गंगा आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

वडा सदस्य लक्ष्मी प्रसाद कँडेल, माेहनकुमार राई, टाेल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न बिद्यालयका शिक्षक, स्वयंसेविका, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियाे ।

सहजकर्ता पोख्रेलले धेरै विषालु र कम विषालु सर्प कसरी चिन्ने ? सर्पले डसे के गर्ने-के नगर्ने ? सर्पले डसे प्राथमिक उपचार कसरी गर्ने ? सर्पले डस्नबाट कसरी जोगिने ?  सर्प वातावरणसँग हानिकारक कि आवश्यक ? भन्ने प्रश्नमाथि प्रष्ट पार्नु भएको थियो ।

बुद्धशान्ति १ को आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कल्पना चापागाईंले संचालन गरेकाे कार्यक्रममा सर्पको डसाई, अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी लिने र लिएकाे जानकारी सबैले आफ्नो आफ्नो मातहतबाट गाउँ टाेलवासीमा फैलाउने प्रतिबद्धता समेत जुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here