पथरीशनिश्चरेमा स्रष्टाहरूको ‘सृजना चौतारी’

0
81

छविराज ढकाल
पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरेमा कवि , स्रष्टा तथा गजलकारहरूले आ -आफ्ना कविता तथा गजलहरूका सुन्दर सृजना प्रस्तुत गरेका छन्।

शनिबार एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयको हलमा सृजना चौतारी परिवारद्वारा आयोओ १५ श्रृंखलामा स्रष्टाहरूले साहित्यिक माहोल जमाएका हुन्। हाम्रो अभियान स्रष्टा र सृजनाको सम्मान भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा ५/ ५ जना कवि तथा गजलकारहरूले उत्कृष्ट रचनाहरू वाचन गरेका थिए।

ईलाम, झापा, मोरङ , सुनसरी , लगायतका विभिन्न जिल्लाबाट आएका कवि तथा गजलकारहरूले ३-३ का दरले आ -आफ्ना सर्वोत्कृष्ट कविता तथा गजलहरू प्रस्तुति दिएर स्रोता तथा दर्शकको मन खिचेका थिए।

पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्यता तथा सृजना चौतारी परिवारका भवानी दुलालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ गजलकार बलिभद्र कोईराला, , वडा नं १ का वडाध्यक्ष भीम कुमार राई,वडा नं ८ का नवीन कार्की, एभरेष्ट अंग्रेजी आवासीय माविका निर्देशक तथा प्रिन्सिपल रवीन कन्दङ्वा,सामुदायिक विद्यालय व्यवस्थापन महासंघ पथरीशनिश्चरेको अध्यक्षमा युवराज बास्कोटा समेतको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा प्रमुख अतिथि पूर्व मेयर दिलीप कुमार राईले नगरपालिकामा आगामी दिनहरुमा कला, साहित्य तथा संस्कृतिको संरक्षण तथा संवर्द्धनको लागि नगरले आफ्नो पालादेखि नै बजेट विनियोजन गरि सुरूवात गरेको जनाउनु भयो । सोहि अवसरमा वडा नं १ का वडा अध्यक्ष भीम राईले यो साहित्यिक माहोलमा रमाउदा आनन्द लागेको बताउँदै आफ्नो तर्फबाट कला साहित्य तथा संस्कृति क्षेत्रमा सक्दो सहयोग पुर्याउने विश्वास दिलाउनु भयो।

कविता र गजलहरूका छुट्टा-छुट्टै प्रस्तुति रहेको उक्त कार्यक्रममा कविहरू क्रमशः किशोर कोइराला, गगन एक्पाङ्देन, शकुन्तला भण्डारी, ईन्दिरा गौतम र लक्ष्मीप्रसाद फुयालले आफ्नो सशक्त कविताहरू वाचन गरेका थिए भने सुन्दर गजलको महफिल सहित गजलीय शेरहरु दमकका हरि पराजुली , पथरीशनिश्चरे का ओम प्रकाश शर्मा अभिन्न, रंगेलीबाट चिरञ्जीवी काफ्ले , उर्लावारीकी मुना आत्रेय झापाको हल्दिबारीबाट कुमारी चेम्जोङ्ग विस्मृतिले प्रस्तुत गर्दै दर्शक त स्रोताको ‘वाहा -वाही’ बटुलेका थिए। कार्यक्रमको संचालन एभरेष्ट आर्ट फ्यूजनका दिपक दियालोले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here