प्रधानमन्त्री प्रचण्डभन्दा पहिले उपराष्ट्रपति यादव चीन भ्रमणमा जाने

0
29

काठमाण्डौं ।

उपराष्ट्रपति रामसहाय यादव चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी चलिरहेका बेला उपराष्ट्रपति यादव चीन भ्रमणमा जाने भएका हुन् । यद्यपि, उपराष्ट्रपति यादव चीन भ्रमणमा कहिले जाने भन्ने आधिकारिक मिति भने तय भैसकेको छैन ।

उपराष्ट्रपति कार्यालय स्रोतले भ्रमणको मिति तय भैनसकेको बताएको छ । तर उनी प्रधानमन्त्री प्रचण्डको भ्रमणभन्दा पहिले जाने गरी तयार सुरु भएको छ ।

यादव ‘चाइना–साउथ एसिया एक्सपो’ को अतिथि भएर चीन भ्रमणमा जाने भएका हुन् । उपराष्ट्रपति कार्यालय स्रोतकाअनुसार साउन २९ गते उनी चीन भ्रमणमा जाने लगभग तय भएको छ । तर मन्त्रिपरिषद्बाट त्यसको आधिकारिक निर्णय आउन बाँकी छ । अगस्त १६ देखि सो एक्स्पो सुरु हुने बताइएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले यादवलाई चीन भ्रमण गराउने निमन्त्रणा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here