सरकारले कांग्रेसका नेतालाई छानीछानी दुःख दियो : आरजु राणा

0
59

काठमाडौं ।

शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा सुनिल शर्मा पक्राउ परेपछि नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले सरकार पाकिस्तानी मोडेलमा गएको आरोप लगाएकी छन् ।

संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा बोल्दै सांसद राणाले यस्तो बताएकी हुन् । उनले सरकारका पछिल्ला क्रियाकलापहरु विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप लगाइन् ।

कांग्रेसका नेताहरुलाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्यहरु भइरहेकोमा आफूलाई दुःख लागेको उनको भनाई छ ।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बिहीबार निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो। शर्मामाथि शैक्षिक प्रमाण पत्र कीर्ते गरेको अभियोग छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here