‘टाइटानिक’ पानी जहाज डुब्ने पूर्वाभाष

0
81

पानी जहाज मध्ये टाइटानिकको नाम सुन्ने बित्तिकै मानिसहरु एक प्रकारले रोमाञ्चित हुन्छन् । मानिसहरु कान ठाडा–ठाडा पारेर टाइटानिक पानी जहाज समुद्रमा डुबेकाबारे कथा सुन्न उत्सुक हुन्छन् । कहिल्यै डुब्न नसक्ने भनिएको टाइटानिक जहाज यसको पहिलो यात्रामै डुब्ने संकेत या अपशकुन पहिल्यै देखिइसकेको थियो ।

वास्तवमा टाइटानिक जहाजलाई केही हुने पूर्व संकेत पहिल्यै देखिएको थियो । जब टाइटानिकले अप्रिल १० मा साउथह्याम्पटनबाट यात्राका लागि प्रस्थान गर्न शुरु ग¥यो त्यहीबेला जहाजको कोइला स्टोरमा आगोको झिल्का देखा परेको थियो । जुन स्टिमशिपका लागि डरलाग्दो र असामान्य घटना थियो । स्थितिको मूल्यांकन गरेपछि, क्याप्टेन र मुख्य इञ्जिनियरले निष्कर्ष निकाले कि यसले जहाजको संरचनालाई असर गर्न सक्ने कुनै सम्भावना छैन । कोइला स्टोरका कर्मचारीहरुलाई आगोका झिल्काहरु निभाउने निर्देशन दिएर क्याप्टेनहरु फर्र्र्किए ।

अर्को अशुभ संकेत, टाइटानिकले साउथह्याम्पटन डक छोडेपछि अर्को मन चिसो पार्ने घटना भयो । टाइटानिक जहाज झण्डैले एसएस न्यूयोर्क नामको पानी जहाजसँग ठोक्किएको । त्यसले पनि टाइटानिकलाई आफ्नो यात्राका क्रममा केही हुन्छ कि ? भन्ने पूर्वाभाष भैसकेको थियो । अन्धविश्वासी टाइटानिक प्रेमीहरूले कहिलेकाँही यसलाई आफ्नो पहिलो यात्रामा प्रस्थान गर्ने जहाजको लागि सबैभन्दा खराब प्रकारको अपशकुनको रूपमा औंल्याउने गर्दछन् । एकातिर जहाजभित्रै आगो देखापर्नु अर्कोतिर अर्को जहाजसँग ठोक्किन खोज्नु पक्कै पनि पूर्व अशुभ संकेत थिए ।
अप्रिल १४ मा चार दिनको अनपेक्षित नौकायनपछि, टाइटानिकले अन्य जहाजहरूबाट बाटामा हिउँ रहेकाबारे रिपोर्टहरू प्राप्त ग¥यो, तर टाइटानिक चन्द्रमारहित रातमा सफा आकाशमुनि शान्त समुद्रमा यात्रा गरिरह्यो । रातको ११ः३० बजेतिर चालक दलमध्ये एक जनाले अगाडि हल्का बाफबीचबाट एउटा हिमशृङ्खला निस्केको देखे । त्यसपछि चेतावनीको घण्टी बज्यो । जहाजलाई रोक्नका लागि इञ्जिनहरूलाई उल्टो घुमाइयो । साथै जहाजलाई तीव्रगतिमा हिमशृङ्खलाको विपरीत घुमाइयो । जहाजकर्मीहरुलाई जहाज हिउँको ठूलो ढिक्कासँग ठोक्किनबाट बचे जस्तो लाग्यो तर जहाज हिउँसँग साइडबाट धसारिइरहेको थियो । जहाजको अगाडिको डेकमा हिउँका टुक्राहरू छर्किइरहेको देखिन्थ्यो । कुनै ठूलो टक्करको महशुस भएन तर कसैलाई थाहा भएन कि पानीमुनी हिमशैलका धारिला स्परहरु छन् भनेर । जसले जहाजको तल्लो भागमा हिमशैलका धारिला शिशा जस्तै स्परहरुले काट्यो र चिरा पारिदियो ।

क्याप्टेनसहित अन्य जहाजकर्मीहरु हिमशैलका स्परहरुले जहाजको तल्लो भाग क्षति भएको खण्ड निरीक्षण गर्न पुग्दासम्म जहाजका पाँच कोठाहरू पहिले नै समुद्री पानीले भरिएका थिए । पानीको प्रेसरका कारण कम्पार्टमेन्टका ढोकाहरु बन्द गर्न असम्भव भए । जहाजकर्मीहरु जहाज अब पक्कापक्की डुब्छ भन्ने निकर्षमा पुगे । जहाजकर्मी एन्ड्रयूजले द्रूत गणना गरे र अनुमान गरे कि टाइटानिक डेढ घण्टासम्म पानीमा तैरिइन सक्छ, शायद अलि बढी पनि । क्याप्टेनले आफ्नो वायरलेस अपरेटरलाई मद्दत तथा उद्धारकाका लागि कल गर्न निर्देशन थिए, यात्रु बचाउका लागि लाइफबोटहरू तयार गर्न आदेश दिए । तर, हिमशैलसँग धसारिएको एक घण्टाभन्दा केही बढी समयपछि मात्र पहिलो लाइफबोट जहाजबाट तल समुद्रमा झारियो ।

यात्रुहरुमा भागदौड मच्चिसकेको थियो । त्यसैले अव्यवस्थित रुपमा यात्रुहरु लाइफबोटमा निकासी हुन थाले । वास्तवमा सबैभन्दा पहिला बृद्धबृद्धा, बालबालिका र महिलाहरु उद्धार हुनुपर्ने नियमको पालना भइरहेको थिएन । लाइफबोटहरु खराब तरिकाले भरिए । जहाजभरिका यात्रुहरु मध्ये एकतिहाईलाई मात्र पुग्ने लाइफबोटहरु उपर केही मुट्ठीभर यात्रुहरूले कब्जा जमाए । जहाजकर्मीहरु र सुझबुझ भएका यात्रीहरुका प्रयासका कारण समुद्रको नियमपालन गर्दै महिला र केटाकेटीहरू पहिला डुङ्गामा चढाइयो तापनि अव्यवस्थित प्रक्रियाहरूको परिणाम पहिला प्राथमिक पाउनुपर्ने यात्रुहरुलाई डुङ्गामा पु¥याउन असफल भए ।

लाइफबोट नपाउनेहरुको जीवन अनिश्चित थियो । उद्धार गर्ने जहाजहरु पनि समयमा आइपुग्न सम्भव थिएन । यस्तो अवस्थामा यात्रुहरुको मानसिक हालत अत्तालिएको अवस्थाको थियो । तर, जहाज डुब्ने समय नजिकिँदै जाँदा कतिपय यात्रुहरु भावुक बनेका थिए । उनीहरुले अनुमान गरेकी टाइटानिक जहाजको यात्रा र यसको अन्त्यबारे मानिसहरुबीच एक कथा बनेर रहने छ । त्यसैले मृत्युलाई सम्मानित तरिकाले स्वागत गर्ने उनीहरुले ठाने । उनीहरु अनुशासित बने र आपतकालीन नियमहरु पालना गर्दै आफू होइन, कमजोरहरुलाई पहिला लाइफबोटहरुमा पठाए । मानव इतिहासमा मानवीयताको लागि यो निकै उत्कृष्ट दृष्य थियो ।

जहाजका सबैभन्दा प्रख्यात यात्रीहरू प्रत्येकले टाइटानिक किंवदंतीको अभिन्न अंग बन्ने आचरणका साथ परिस्थितिको सामना गरे । ह्वाइट स्टारका प्रबन्ध निर्देशक इस्मेले आफूलाई छाडि केही डुङ्गाहरूमा अरु यात्रुहरुलाई लोड गर्न मद्दत गरे । जहाज डुब्ने अन्तिम समयतिर यस्ता नियमहरुको पालना ज्यादै सुन्दर तरिकाले गरिए । टाइटानिक जहाजका कतिपय यात्रुहरु नै उत्कृष्ट उद्धारकर्ता बने । नियम मिचेर आफू बाँच्न सक्ने सम्भावना हुँदाहुँदै पनि उनीहरुले इमान्दारिता देखाए र मृत्युलाई सुन्दर तरिकाले स्वागत गरे र जहाजसँगै समुद्रमा डुबे ।
एस्टोर नामका यात्रुले आफ्नी पत्नी मेडेलीनलाई लाइफबोटमा चढाए र उनी गर्भवती भएकाले हिफाजात गरिदिन चालक दललाई अनुरोध गरे । एस्टोरलाई पनि पत्नीसँगै जान भनियो, तर एस्टोरले मानवीयताका कारण भन्दै मानेनन् र कमजोर यात्रुलाई स्थान थिए । पत्नी चेढेको डुङ्गालाई तल झार्नुभन्दा ठीक अघि एस्टोर दम्पत्तिले अलविदा चुम्बन गरे । मनै विव्हल बनाउने दृष्यहरु जहाजका सबैजसो भागमा देखिन्थे । मानवीय संवेदनाको उत्कृष्ट नमूना त्यहाँ देख्न सकिन्थ्यो ।

मानिसहरु मर्ने स्पष्टरुपमा पूर्व संकेत देखिएका दृष्यहरु यत्रतत्र थिए । खुशी–खुशी आफन्त र प्राथमिकता प्राप्त यात्रुहरुलाई बाँच्न पठाएर आफूहरु समुद्रमा डुब्न तयार देखिएको दृष्यले जोकोहीको मन भक्कानिन्थ्यो तर पनि उनीहरु हाँसिरहेका थिए । जहाजको डेकमा संगीत टोलीले बजाएका संगीतले यात्रुहरुको मन चिराचिरा पारे पनि थप्पडी मारिरहेका र लाईफबोटमा गएका यात्रुहरुलाई हात हल्लाएर विदाइ गरिरहेका देखिन्थे ।

उमेरको कारण लाइफबोटमा बस्न प्रस्ताव गरिएको भएता पनि इसिडोर स्ट्रास नामका यात्रुले कुनै विशेष विचार गर्न इन्कार गरे । इडाले लाइफबोटमा बस्नको साटो आफ्नो पतिलाई टाइटानिक जहाजमा एक्लै मर्न छाड्न मानिनन् । उनीहरु आफ्नो क्याबिनमा गए र जहाँजसँगै समुद्रमा डुबे । त्यहाँ आर्तनादहरुको कुनै सुनुवाई थिएन मात्र थियो मृत्यु स्वीकारोक्ती । बेन्जामिन गुगेनहाइम नामका यात्रु र तिनका आफन्त आ–आफ्नो क्याबिनमा फर्के र साँझको औपचारिक पोशाक लगाएर डेकमा आए । डेकमा उक्लँदै उनीहरुले घोषणा गरे, हामीले आफ्ना सबैभन्दा राम्रा लुगा लगाएका छौं र अरु सज्जनहरू जस्तै जहाजसँग समुद्रको गहिराइमा जान तयार छौं ।

टाइटानिकका मुख्य डिजाइनर थोमस एन्ड्रयुजलाई अन्तिम पटक फस्ट क्लास स्मोकिङ रुममा भित्तामा राखिएको जहाजको पेन्टिङलाई खाली आँखाले हेरिरहेका देखिएका थिए । आफ्नो उत्कृष्ट सिर्जनालाई अन्तिम पटक हेर्दै थिए र सायद सिर्जनासँगै आफू पनि समुद्रमा डुब्ने सोच्दै थिए । टाइटानिक जहाजमा जडित धेरै बत्तीहरू अझै चम्किरहेका थिए र बिस्तारै एक–एक गर्दै निभ्दै थिए । डुब्नुसँगै जहाजका कम्पार्टमेन्टहरु भत्किरहेका, चर्किइरहेका, भित्ताहरु भाँचिइरहेका थिए । यात्रुहरुका अत्यासलाग्दा भयानक आवाजसँगै अन्ततः अप्रिल १५, १९१२ मा लगभग रातको २ः२० बजे टाइटानिक समुद्रको सतहबाट पानीका विशाल भुल्काहरुको लहर निकाल्दै डुब्यो । अघिसम्म पानीमा तैरिइरहन संघर्षरत जहाज समुद्रको सतहबाट गायब भयो । मानौ त्यहाँ कुनै पानी जहाज थिएन ।

निकै चिसो पानीमा तैरिइरहेका र बाँच्न कोशिस गरिरहेका मानिसहरुका अवस्था दर्दनाक थियो । हातले समाएर पानीमा तैरिरहनका लागि त्यहाँ कुनै ठोस वस्तुहरु थिएनन् । चिसो समुद्रमा यात्रुहरु कठ्याङ्ग्रिएर हलचल गर्न छाड्दै थिए । मानौ उनीहरु निदाइसकेका छन् । बिहानपख उद्धारक जहाजहरुले टाइटानिक जहाजबाट निकालिएका लाइफबोटहरु एकत्रित गरे, तर लाइफबोटहरूमा जम्मा सात सय छ जना मात्र यात्रुहरु बाँचेका पाइए । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here