दशनामी समाजको भवन निर्माणका लागि गिरीले एक करोड रुपैयाँ दिने

0
35

बिर्तामोड ।

नेपाल दशनामी समाजको केन्द्रिय कार्यालयको घर तथा जग्गा ब्यबस्थापनका लागि संस्थापक संरक्षक सदस्य कृष्णकुमार गिरीले एक करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।

समाजको घर तथा जग्गाका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेका समाजका संस्थापक संरक्षक सदस्य गिरीको घोषणालाई माइन्यूटमा अभिलेखिकरण गर्दै केन्द्रीय समितिको तर्फबाट उच्च सम्मानसहित हार्दिक आभार प्रकट गरिएको छ ।

समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको नेतृत्वमा केन्द्रिय सदस्य एलबि गिरीको संयोजनमा केन्द्रिय उपाध्यक्ष तेजबहादुर पुरी, कार्यबाहक महाससचिब अशोक गिरी, कोषाध्यक्ष भक्तबहादुर पुरी, केन्द्रिय सदस्य नबिन गिरी, पूर्व केन्द्रिय सदस्य शेखर गिरीको टोलीसहित संस्थापक सदस्य गिरीको निवासमा भएको छलफलमा उनले उक्त रकम दिने घोषणा गरेका हुन् ।

समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम नेतृत्वको टोलीसहित झापाका शिवलाल गिरी, रामप्रसाद गिरी, विष्णु गिरी, नरबहादुर वनसहितको टोली झापा बिर्तामोडमा भएको छलफलपछि संस्थापक संरक्षक सदस्य कृष्ण कुमार गिरीले एक करोड रकम दिने घोषणा गरेको कार्यबाहक महाससचिब अशोक गिरीले जानकारी दिए ।

घोषणा गरिएको रकमका कार्यन्वयनका लागि कार्ययोजनासहित केन्द्रिय बैठकमा प्रस्ताव पेश गरिने कार्यबहाक महासचिव गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here