लागूऔषधको मुख्य गन्तव्य भारतको पानीट्यांकी

0
31

झापा,

लागूऔषध प्रयोगकर्ताले लागूऔषधको मुख्य सुरक्षित गन्तव्यका रुपमा छिमेकी देश भारतको पानीट्यांकी बजारलाई बनाएका छन् ।

खुल्ला सीमानाका कारण लागूऔषध कारोबारी तथा प्रयोगकर्ता पानीट्यांकीसम्म पुग्ने र त्यहाँ सेवन तथा कारोबार गरेर नेपाल फर्कने गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ ।

भारतीय नागरिकले नेपाली युवालाई खुल्ला रुपमा लागूऔषध बेच्दा धेरे नेपाली युवा लागूऔषधको दलदलमा फस्दै गएको बताइएको छ ।

लागूऔषध सेवन गर्नेहरुलाई कडा सजायको व्यवस्था नहुँदा उनीहरु यसको दलदलमा फस्दै जाने गरेको प्रहरीको भनाइ छ ।

छिमेकी भारतीय सुरक्षा निकायसँग यस सम्बन्धमा समन्वयको पहल भए पनि सरकारी निकायबाट ठोस पहल नहुँदा धेरै नेपाली युवा भारतीय बजारहरुमा पुगेर लागूऔषध सेवन गरेर फर्किने गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here