बालविवाह न्यूनीकरणका लागि पहल गछौं–नगरप्रमुख लावती

0
29

छविराज ढकाल/पथरीशनिश्चरे, 

उत्तरी मोरङको लेटाङ्ग नगरपालिकाका नगरप्रमुख भुपेन्द्र लावतीले बालविवाह न्यूनीकरणको क्षेत्रमा नगरका विभिन्न सरोकारवालाहरूसँग मिलेर अगाडी बढ्ने बताउनुभएको छ।

शनिबार पहाडी ग्रामीण विकास संस्था,उत्तरी मोरङद्वारा लेटाङ्गमा आयोजित बालविवाह न्यूनीकरण सम्बन्धी सरोकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
उहाँले संघीय, प्रदेश तथा स्थानीय तहको चर्चा गर्नुहुँदै अहिले नेपाली जनतामा समृद्धि छाउन शान्तिको स्थापना गर्दै सन्तुलित विकास गर्नुपर्नेमा जोड दिनुभयो।

आमाबाबु विहीन टुहुरा बालबालिकाको खोजी र छनौट गरी महिनैपिच्छे २ सयका दरले कक्षा १२ सम्म सहयोग पुर्याउने उद्देश्यले बालिका शिक्षा कार्यक्रम संचालन गरिरहेको उल्लेख गर्नुभयो। पछिल्लो समयमा नगरपालिकामा संघीय सरकारको सहायतामा अति विपन्न समुदाय र वर्गका १ सय जना अटाउन सकिने छात्रावास पनि निर्माण भैरहेको बताउनुभयो।सोहि क्रममा शिक्षा शाखाका प्रमुख कृष्णराज राईले अति नै विपन्न र असाहायका लागि प्राथमिकतामा राखेर नगरपालिकाले कामहरु गरीरहेको बताउनु हुंदै नगरका अति नै विकट पहाडी गाउँका पहुँच नभएका नागरिकको लागि शिक्षा, स्वास्थ्य, बिजुली, यातायात,सडक आदि क्षेत्रमा प्राथमिकता दिएर विकासका कार्यहरू गरिरहेको जनाउनुभयो।

उहाँले राज्यको स्थानीय सरकारको तर्फबाट विपन्न बाल बालिकाहरूको लागि सेफ हाउस, सुरक्षा,आवासको व्यवस्थापन, कानुनी प्रावधान, जस्ता उपायहरु अपनाउने र बाल विवाहका विभिन्न कारणहरूलाई न्युनीकरण गर्ने तर्फ नगरपालिकाको विधान संशोधन गरी अझै सशक्त रूपमा लाग्ने जनाउनु भयो।

उहाँले नेपाल सहित विश्वका विभिन्न देशका विवाह सम्वन्धि प्रचलनहरू र त्यहाँका संवैधानिक प्रावधानहरू उल्लेख गर्दै नेपालको मुलुकी ऐन २०७४, मुलुकी देवानी संहिता २०७४, नेपालले बाल बिवाह सम्वन्धि गरेका अन्तर्राष्ट्रिय र क्षेत्रिय प्रतिबद्धता, आदि ५ पृष्ठ लामो कार्य पत्र प्रस्तुत गर्नुहुँदै लेटाङ्ग नगरपालिका क्षेत्रमा पनि विभिन्न ढंगबाट बालविवाह हुने गरेको र सोको कारणहरु पत्ता लगाई न्युनीकरण गर्ने उद्देश्यका साथ नगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो।

सोहि अवसरमा उहाँले परम्परागत संस्कृति र रीतिरिवाजहरूलाई समय सापेक्ष सुधार गर्दै लाग्नुपर्ने सरकार, नागरिक समाज र गैरसरकारी क्षेत्रले बाल विवाह विरूद्धको सशक्तिकरण अघि बढाउनुपर्ने बताउनुभयो। सोहि अवसरमा हालै मात्रै सरूवा भै आउनुभएका डिएसपी भीम ओलीले बालविवाह न्यूनिकरण गर्नका लागि खास प्रभावित क्षेत्रहरु, समुदाय तथा वर्गको पहिचान गरी लक्षित कार्यक्रम संचालन गर्न बुझाउनु भयो।

फिल्डर मिसन वर्क जर्मनीको आर्थिक सहयोगमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता पहाडी ग्रामीण विकास संस्था, उत्तरी मोरङका सचिव चन्द्र बहादुर राईले गर्नुभएको थियो भने कार्यक्रमको संचालन कार्यक्रम संयोजक सुरेश अधिकारीले गर्नुभएको थियो। उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय लेटाङ्गका डिएसपी भीम ओली, पुर्व जन प्रतिनिधि मेनुका सुवेदी , वडाध्यक्षहरू, विभिन्न विद्यालयहरुका प्रधानाध्यापकहरु, विद्यार्थीहरू तथा संचारकर्मीहरू लगायतहरूको उपस्थिति रहेको थियो। सोहि अवसरमा बालविवाह न्यूनिकरणमा बाल क्लबको भुमिका विषयक निबन्ध लेखन प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने छात्र छात्राहरुलाई पुरस्कृत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here