निषेधाज्ञा हटेसँगै धरानमा चहलपहल शुरु, धरान शान्त रहेको प्रहरीको भनाई

0
27

झापा ।

निषेधाज्ञा हटेसंगै सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।

हिजो दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । आज भने बिहानैदेखि चहलपहल शुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानमा भइरहेका गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपिल समेत गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले हिजो विज्ञप्ति निकालेर सुनसरीको धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । धरानमा सामाजिक एकता कायम गर्न विभिन्न राजनीतिक दल, त्यहाँका पूर्व मेयरदेखि अहिलेका मेयर हर्क साम्पाङ राई, विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि आग्रह गरेका छन् ।

यसबैबीच धरानमा उत्पन्न समस्याका विषयमा प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरिरहेको सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए । पूर्वाञ्चलसंग कुरा गर्दै एसपी ढकालले भने– ‘आज बिहानैबाट धरान सामान्य रुपमा रहेको छ । बाहिर हल्ला गरिए जस्तो असान्त धरान छैन् ।’ उनले कुनै पनि उत्तेजित अभिब्यक्ति दिएर समुदायलाई भिडाउने काम सामाजिक सञ्जालबाट नगर्न सबैसंग आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here