पार्टीको काग्रेस कै कार्यकर्ताहरुले बदनाम गरे– सह–महामन्त्री डिना

0
12

टेकेन्द्र ढकाल,
चारआली।

नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसको सबभन्दा बढी बदनाम काग्रेस कै कार्यकर्ताहरुले गर्ने गरेको गुनासो गरेकी छिन् ।

पार्टीको मुहान भनेको रुखको जरो जस्तै स्थानीय स्तर नै भएको र वाडस्तरबाटै निर्वाचित भएका प्रतिनिधि नै केन्द्रसम्मकै नेतृत्वमा पुग्ने भएकाले मुहान माथि होइन तल रहेको बताइन्।

अबको काग्रेस समृद्धि र बिकासको लागि लडने बताउदै पार्टीको महामन्त्री विश्वप्रकाश शर्मालाइ बिजय गराएर पठाएकोमा झापा क्षेत्र न १का सम्पुर्ण मतदाताहरुलाइ धन्यवाद समेत दिइन ।

नेपाली काग्रेस प्रदेस सभा झापा क्षेत्र न १ (ख) को प्रथम पार्टी सम्मेलनको प्रमुख अतिथिको आशनबाट बोल्दै शुक्रबार मेचिनगर १४ स्थित , मन्दिर सभाहलमा काग्रेस कार्यकर्ताहरुलार्इ सम्बोधन गर्नेक्रममा उक्त कुरा पुर्व मन्त्री एबम काग्रेस सह महामन्त्री उपाध्यायले बताइकी हुन।

यसैगरी सोही कार्यक्रमका अधिकाश पदाधिकारीले भ्रष्टाचारीलार्इ केन्द्रिय नेतृत्वले बोकेर हिडेमा काग्रेस सिद्दिने चेतावनी दिएका थिए। नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय सुशीला ढकाल र गोमा भट्टराई, नेका कोशी प्रदेश सदस्य बिमल आचार्य ,झापा जिल्ला सभापति देउमान थेबे,उपसभापति केशवराज पाण्डे लगायतले बोलेका थिए ।

इन्द्रबहादुर बुढाथोकी ,पूर्व उपसभापति राम कट्टेल,पूर्व जिल्ला सचिब प्रेम सुम्बाहाम्फे लगायतले मन्तव्य राखेको कार्यक्रमको सभापति
सन्तोष न्यौपानेले गर्दै अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here