गजल

0
11

निमुखालाई फसाउन परे बयान फेरिन्छ
नेता बचाउने सवालमा संविधान फेरिन्छ ।

आरक्षणको नारा लगाउने कै आवाज हो यो
हाम्रो टाउको नेतृत्वको पहिचान फेरिन्छ ।

राष्ट्रीयताको मुद्दा उठाइयो भने सदनमा
दानापानी अरुबाट चल्नेको स्वाभिमान फेरिन्छ ।

समानता दिलाउछु भन्नेले हो स्तर फेर्ने भनेको
समर्थकको मात्र आस्था अनि भगवान फेरिन्छ ।

परिवर्तन गर्छु भन्नेहरु ऋतु जस्तै बदलिए
भन्थे भन्न घोषणामा देशको मुस्कान फेरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here