स्टाफमाथि जबरजस्तीको आपरोपमा चिकित्सक पक्राउ

0
10

झापा ।

झापाको दमकबाट प्रहरीले एक जना दन्त चिकित्सकलाई पक्राउ गरेको छ ।

आफ्नै डेन्टलमा कार्यरत् एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा ती चिकित्सक पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई एक साताअघि नै पक्राउ गरेको हो । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । दमकमा सूर्योदय दमक डेन्टल सञ्चालन गर्दै आएका डक्टर नवनितकुमार झालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो ।

दमक–९ का निवासी उनले दमक–६ मा डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका थिए । पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि डक्टर झालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो । प्रहरीले झामाथि जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

सो मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट प्रहरीले म्याद थपको आदेश समेत लिएर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए । उनले पीडित भनिएकी महिलाको किटानी जाहेरीका आधारमा तत्कालै झालाई अनुसन्धानका लागि पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here