ताईवान बिकाउ होइन एलन मस्कलाई कडा जवाफ

0
8

काठमाण्डौं ।

ताइवानले एलन मस्कको एउटा बयानमा आपत्ति जताउँदै जवाफ फर्काएको छ । एलनले ताइवानलाई चीनको हिस्सा बताएपछि यसको जवाफ दिइएको छ । अर्बपति व्यापारी मस्कको यो बयानपछि ताइवानले ताइवान बिकाऊ नभएको बताएको छ ।

ताइवानका विदेश मन्त्री जोसेफ वुले एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्समा भने, ‘सुन्नुहोस् त, ताइवान चीनको हिस्सा होइन र निश्चित रूपमा यो बिकाऊ पनि होइन ।’

यसै हप्ता एक व्यापारिक सम्मेलनमा एलन मस्कले ताइवानलाई हवाईसँग तुलना गर्दै यसलाई चीनको ‘अभिन्न अङ्ग’ बताएका थिए ।

चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गर्छ । यता ताइवानले भने यहाँको सत्ता आफ्नै मानिसहरूको हातमा भएको बताउने गर्छ ।

यो मुद्दामा चीन र ताइवानबीच तनाव लगातार बढिरहेको छ । केही दिन अघि ताइवान आसपासको क्षेत्रमा चीनको वायुसेना र नौसेनाले युद्धाभ्यास गरेको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here