जीवनकुमार खड्काद्धारा नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा उम्मेद्वारी

0
20

झापा । समाजसेवा सहित व्यवसाय क्षेत्रमा अलग्गै पहिचान बनाएका जीवन खड्का झापाबासीका लागि नौलो नाम होइन । माता पवित्रादेवी र पिता वर्णसिंह खड्काका पुत्ररत्न उनी सामाजिक कर्मसंगै व्यवसायमा अब्बल छन् । औषधि व्यवसायीहरूको पेशागत हकहितका लागि निरन्तर काम गर्दै आएका खड्का स्पष्ट विचार अनि कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा झापामा स्थाापित छन् । दर्जन भन्दा बढी सामाजिक संघ संस्थाको नेतृत्व गरिरहेका बिर्तामोड ४ स्थायी बसोवास गर्दै आएका खड्का आशन्न नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्ष पदका लागि तयारी गरिरहेका छन् । हाल उनी नेपाल औषधि व्यवसायी संघ झापाको महासचिव हुन् ।


आगामी असोज १२ गते दमकमा हुने संघको दोस्रो अधिवेशनमा खड्काले अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी शुरु गरेका छन् ।
यद्यपि सर्वसम्मत समिति चयन गर्ने तर्फ नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा उन्मुख रहेको पाइएको छ ।
औषधि व्यवसायीहरूको पेशागत हकहितका लागि निरन्तर काम गर्दै आएका खड्काको उम्मेदवारी घोषणाले यतिबेला झापा जिल्लाका औषधि व्यवसायीहरूमा उत्साह थपिएको बिर्तामोडका एक औषधि व्यवसायीको भनाई छ । लामो समयदेखि थोक औषधि व्यवसायी गर्दै आएका व्यक्तिका रुपमा उनले समाजमा छुट्टै पहिचान बनाएक छन् ।
व्यवसाय र समाजसेवालाई जीवनकुमारले आफ्नो कर्म ठान्ने गरेका छन् । बिर्तामोडमा रहेको त्रिशूल फर्माको सञ्चालन र त्रिवेणी फार्मेसीको प्रबन्ध निर्देशक रहेका खड्का निर्माणाधीन नागरिक अस्पतालको कोषाध्यक्षको जिम्मेवारी वहन गर्दै आएका छन् ।
‘नेपाल रेडक्रस सोसाइटी झापाको आजीवन सदस्य, वीरता जेसीजको सिनेटर, लायन्स क्लब अफ बिर्तामोडको पूर्वअध्यक्ष रहँदा गरेको कामले उनी सामाजिक काममा समर्पित व्यक्ति हुन’ भन्नेमा दुइमत रहँदैन ।
लायन्स क्लबको एमजेएफ, भरत विश्रान्तिका आजीवन सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, महिला सामुदायिक अस्पतालका मानार्थ सदस्य साथै भद्रपुर गोल्ड कपका संस्थापक सदस्य, झापा गोल्डकप संस्थापक सदस्य धार्मिक क्षेत्रमा पनि उत्तिकै अग्रसर। वीर अमर सिंह माविमा विद्यालय व्यवस्थापन समिति सदस्य रहेर काम गरिसकेका छन् भने केही संस्थामा हाल क्रियाशील रहेका छन् ।
पेशा र पेशाकर्मीको हक अधिकार सुनिश्चित गर्न र विभिन्न समयमा आइपर्ने समस्या हरूलाई समाधान गर्न सर्वपक्षीय पहुँच राख्न सक्ने खड्काले स्वदेशका विभिन्न ठाउँहरू र विदेशीहरू जापान, सिंगापुर, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, कतार, बंगलादेश, भारत, लयागतका देशहरूको भ्रमण गरेका छन् ।
खासगरी, कमाएको पैसा सेवामा खर्चिनुपर्छ भन्ने भावले प्रेरित उनी बिर्तामोडका स्थापित औषधि व्यवसायी हुन् । धरानमा फार्मेसीको अध्ययन शुरु गर्नुअघि नै दाजुको पसलबाट औषधि वितरण तथा समन्य गर्ने ज्ञान लिइसकेका खड्काका दुईवटा औषधिका थोक पसल छन् ।

संघसंस्थामा रहँदा समन्वकारी भूमिकामा रहने उनलाई नजिकबाट चिन्नेहरु सरल, सादगी, तार्किक र अध्ययनशील भनेर चिन्ने गर्छन् । आफू रहेको संस्थाको सर्वोपरि हित उनको एक मात्र उद्देश्य रहने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here