पथरीशनिश्चरेमा क्रिकेट प्रिमियर लिगको चौथों संस्करण हुने : अनुमानित १० लाख रुपैयाँ खर्च हुने अनुमान

0
8

पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिगको चौथो संस्करण कात्तिक १० गतेदेखि २३ गतेसम्म संचालन हुने भएको छ।

शनिबार पथरीशनिश्चरे प्रिमियम लिग आयोजकले एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। पथरीशनिश्चरे १ मोरङको प्रस्तावित रंगसालामा संचालन हुने भएको छ ।

पथरीशनिश्चरे नगरलाई चिनाउने, क्रिकेट खेलको विकास र ब्यवसायिक खेलाडी उत्पादन गर्ने र लागुपदार्थको दुर्व्यसनीबाट जोगाउने उदेश्यले अघिल्लो वर्षझैं यस वर्ष पनि प्रतियोगिताको आयोजना गरिएको लिग संचालन समितिका सचिव राकेश राईले जानकारी दिनुभयो।

पथरी शनिश्चरे नगर पालिकाभित्रका र नजिकका पालिकामा रहेका क्रिकेट टिम सहित कूल ७ वटा टिमले प्रतियोगितामा सहभागीता जनाउने भएका छन्। खेलाडीहरूको अनुबन्ध हरेक टिमले अक्सनका आधारमा कम्तीमा १४ देखि १६ जना खेलाडी आफ्नो टिममा समावेश गर्ने छन् भने प्रत्येक टिमले बढिमा ५० हजार रुपैयाँ खेलाडी खरीदमा खर्चिन पाउने जानकारी दिईएको थियो।

सोहि अवसरमा आयोजक समितिका अध्यक्ष बिरोज मगरले असोज ६ गते ७ वटै टिमको लागि खेलाडी अक्सनको कार्यक्रम तय गरिएको जनाउनुभयो ।

यस प्रतियोगितामा एउटा टिमले नगर बाहिरको बढीमा ४ जना खेलाडी अनुबन्ध गर्न पाउने छ भने अन्य खेलाडी नगर भित्रकै हुनुपर्नेछ । करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगिता आयोजना गर्नका लागि पथरीशनिश्चरे नगरपालिकाले मुख्य आर्थिक सहायता पुर्याएको जानकारी दिइयो।

प्रतियोगिताको पहिलो नगद पुरस्कार राशी नगद १ लाख ३१ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र रहनेछ । २०७७ सालको भदौदेखि पहिलो लिग सुरु गरेर निरन्तर संचालनमा हुदै आएको यो प्रतियोगितामा यस पटकको खेलमा २ पटकको डिफेन्डीङ च्याम्पीयन सात बाघ ( पथरीशनिश्चरे ७), प्रथम संस्करणको विजेता रोयल किङग्स (पथरीशनिश्चरे १), बुद्ध युनाइटेड (पथरीशनिश्चरे २), बिरेन्द्रनगर स्टील टाइगर (पथरीशनिश्चरे ३),आइतबारे अश्त्र (पथरीशनिश्चरे ३), क्लासिक ११ पथरीशनिश्चरे ५ हसन्दह तथा नवप्रबेशी टिम गोर्खा लिजेन्ट (पथरीशनिश्चरे २) ले सहभागिता जनाउने भएका हुन् ।

कार्यक्रमको खर्चको लागि सह प्रायोजक लगायत अन्य आर्थिक सहयोग गर्न सहयोगीहरुलाई अध्यक्ष विरोज मगरले अनुरोध गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here