‘सन्दकपुर घोषणापत्र २०८०’ सार्वजनिक गर्दै सकियो मिडिया सम्मेलन

0
9

इलाम ।

प्रेस सेन्टर नेपालले आयोजना गरेको प्रदेशस्तरीय मिडिया सम्मेलन शनिबार सम्पन्न भएको छ । इलामको सन्दकपुर गाउँपालिका ३, देउरालीमा आयोजित सम्मेलन ‘सन्दकपुर घोषणा पत्र २०८०’ सार्वजनिक गर्दै सम्पन्न भएको हो ।

प्रेस सेन्टर नेपाल १ नम्बर प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपालमा आबद्ध १४ जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई प्रशिक्षक सञ्जिव न्यौपानेले डिजिटल प्लेटफर्ममा विश्वले कसरी फड्को मारिरहेको छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

आधुनिक पाठकले लामो र पट्यारलाग्दो कन्टेन्टमा इच्छा नदेखाउने हुँदा बिषयवस्तुलाई सटिक प्रस्तुत गर्नुपर्ने बताए । त्यस्तै सञ्चारकर्मी नरेश ज्ञवालीले नयाँ मिडियाको प्रयोग र चुनौतीको बिषयमा प्रशिक्षण दिएका दिए । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कसरी शोषणमा परिरहेका छन् भन्ने केहि दृष्टान्तसमेत उनले प्रस्तुत गरेका थिए । नयाँ मिडियाको प्रयोगका कारण गोपनीयता खतरामा पर्दै गएको उनले बताए ।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बरालले संघीयताको मर्म र मिडियाको भूमिकाको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले मुलुकको विकासमा आमसञ्चार क्षेत्रको अत्यन्तै ठूलो भूमिका हुने बताउँदै संयमित भएर काम गर्न आग्रह गरे । उनले आमसञ्चार क्षेत्रले पनि रिभ्यु गर्ने समय आएको बताए ।

प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी इलामका अध्यक्ष भिम चापागाई, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता बराइली, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुङगेली, अध्यक्ष तुलाराम गुरुङ, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ् (मिक्सो), प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नेपाली पर्यटनको विकास प्रकृति र संस्कृतिको संयोजनबाट अगाडी बढ्नु पर्ने बताएका छन । मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किरातीले पर्यटनको विकास गर्दा रैथाने खाद्यान्न, जडिबुटी, उत्पादनलाई प्राथमिकता दिइनु पर्नेमा जोड दिए । उनले स्थानीय संस्कार र संस्कृतिलाई पर्यटक सामु प्रदर्शन गर्न सकियो भने पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।

उनले पर्यटन प्रवर्धन गर्दा विदेशी पर्यटनको प्रतिलिपी नभइ स्थानीय मौलिकतालाई अगाडी सार्नु पर्ने बताए । मन्त्री किरातीले पत्रकारको काम सरकारको कमजोरी औल्याउने, कोट्याउने र सकारात्मक आलोचनापनि भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here