अनुमति बिना नेपाल छिर्न थाले चिनियाँ नागरिक , दुई जना पक्राउ

0
12

काठमाडौँ,

बिना अनुमति उपल्लो मुस्ताङ गएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपलिकास्थित छोसेर सशस्त्र प्रहरीको बिओपी क्याम्प नजिकै दुई चिनियाँ नागरिक पक्राउ परेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा एक पुरुष र एक महिला छन्। उनीहरू अन्दाजी ३०-३५ वर्ष उमेर समूहका रहेको प्रशासनको भनाइ छ।

सुरक्षाकर्मीले चेकजाँच गर्दा अनुमति नलिएको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। सुरक्षाकर्मीले पक्राउ गरी दुबै चिनियाँ नागरिकलाई जिल्लामा बुझाएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले पक्राउ परेका उनीहरूलाई सुरक्षाकर्मीको रोहवरमा अध्यागमन विभाग काठमाडौं पठाएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। त्यस्तै अनुमति नलिई गएका एक भारतीय नागरिक पनि पक्राउ पेरको बस्नेतले बताए।

नेपाल सरकारले उपल्लो मुस्ताङलाई सुरक्षा संवेदनशीलताका कारण नियन्त्रित तथा निषेधित क्षेत्र घोषणा गरेको छ। त्यसैले उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले अध्यागमन विभागबाट १० दिनका लागि ५ सय डलर शुल्क तिरेर प्रवेश अनुमति लिने व्यवस्था छ। उपल्लो मुस्ताङ जाने विदेशीले १० कटेर थप दिन बसेमा दैनिक ५० डलर अतिरिक्त शूल्क लिने व्यवस्था छ।

पक्राउ परेका उनीहरूले छोसेर प्रहरीले पक्राउ गरी जिल्लामा बुझाएको थियो। मुस्ताङमा विदेशी पर्यटकको परमिट चेकजाँच गर्न मुस्ताङको घाँसा, जोमसोम, कागबेनी, छुसाङ र लोमान्थाङमा एक्यापको पर्यटक चेक पोस्ट छ। अन्नपूर्णपोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here