गोविन्द लिम्बूको हत्यामा सम्लग्न भएको आरोपमा ११ जना पक्राउ

0
11

झापा । झापाको दमकमा भएको हत्या प्रकरणका मुख्उ आरोपी सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन दिन अघि दमकमा गोविन्द लिम्बूको छुरा प्रहार गरी हत्या भएको थियो ।
हत्यामा सम्लग्न भएको आरोपमा फक्राउ परेका ११ जनालाई आज अपरान्ह दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

दमक १ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलाम चुलाचुली गाउँपालिका ३ का ३८ लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक ७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय आज झापाले सार्वजनिक गरेको हो ।

मुख्य आरोपी राईसहित दमक १ का २२ वर्षीय आनन्द भुजेल,दमक ७ कै १८ वर्षीयसवास आलम,दमक १ कुमाल चौंकको रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक १ का २५ वर्षीय नामुद थेवे,२२ वर्षीय राजकुमार भुजेल,२६ वर्षीय आकाश केरुङ,दमक ७ का २३ वर्षीय राहुल श्रेष्ठ,२८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली ४ का ३१ वर्षीय सन्दिप राई, सोही पालिका ३ का ३८ वर्षीय सूर्य केरुङ,३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।
उनले घटनाकै दिन होटल सञ्चालक कुमालसहित ८ जना र आज मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लावारी १ टप्पु टोलबाट नियन्त्रणमा लिईएको जानकारी दिए ।

उनका अनुसार तीन दिनअघि दमक १ स्थित कुमाल चौंकको रुवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा मुख्य आरोपी राईले लिम्बूको घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै उनी फरार भएका थिए । उनले नै लिम्बूमाथि छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी रिजालले बताए ।

फरार आरोपीलाई पक्राउ गर्न कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रुद्र खड्का,इप्रका दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्मा,झापा प्रहरीले संयुक्त टोली परिचालन भएको थियो । मुख्य आरोपी राईले हत्यामा संलग्न छुरा विराटनगर महानगरपालिका ९ स्थित सन्सारी मन्दिर छेउ झाडीमा फ्यालेका थिए । सो छुरा फेला पारी बरामद गरिएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here