डिजिटल पेन्ट्सको ‘डिजिटलको हर्ष, उपहारको वर्षा’ योजना सार्वजनिक

0
13

बिर्तामोड, डिजिटल पेन्टसले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना सार्वजनिक गरेको छ ।

यस उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एकजनालाई, द्वितीय पुरस्कार ३२ इन्चको एलइडी टिभी २ जनालाई र तृतीय पुरस्कार रेफ्रिजेरेटर ३ जनालाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, सान्त्वना पुरस्कारका रुपमा १५ जनालाई भित्ते घडी र बम्पर उपहारअन्तर्गत एकजनालाई नगद १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले बताए ।

डिजिटल पेन्ट्सले कोशी प्रदेशका मुख्य तथा साना(ठुला सहर गरी ८० भन्दा बढी आधिकारिक डिलरहरुमार्फत ग्राहकहरूलाई शुलभ मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको छ ।

जर्मन प्रविधिबाट उत्पादन गरेको र आफ्नै अत्याधुनिक ल्याबबाट गुणस्तरमा प्रमाणित उत्पादन मात्र बजारमा वितरण गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवीप्रसाद गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here